चलचित्रको बारे  फेसबुकमा यस्तो लेख्छीनकार्की ले



चलचित्र ‘कथा काठमाण्डु’मा समावेश ‘रातको कुरा’ बोलको गीत सार्वजनिक भएपछि नायिका प्रियंका कार्कीको आलोचना र तारिफ दुबै भैरहेको छ । तर, यो गीत सार्वजनिक भएपछि नायिका कार्की यसको निर्माण टिमसँग भने असन्तुष्ट रहेको चर्चा चलिरहेको छ । प्रियंकाले मिडियाकर्मीलाई यो चलचित्रको बारेमा कुनै टिप्पणी नै गर्न नचाहेको प्रतिक्रिया दिएको कुरा पनि उठिरहेको छ ।

यहीविचमा, आइतबार चलचित्रको ट्रेलर सार्वजनिक भयो । ट्रेलर सार्वजनिक कार्यक्रममा पनि नायिका कार्की उपस्थित भइनन् । उनी अनुपस्थित रहेको र चलचित्रको बिषयमा कुरा गर्न नचाहेको प्रश्नले निर्माण टिमलाई हैरान बनायो । तर, नायिका कार्कीले भने यो चलचित्रसँग आवद्ध हुन पाएकोमा आफूलाई गौरवान्वित महशुश भएको उल्लेख गरेकी छिन्

आफ्नो  चलचित्रको बारे  फेसबुकमा यस्तो लेख्छीनकार्की ले

ट्रेलरका केही दृश्य शेयर गर्दै उनले लेखेकी छिन्-‘कथा काठमाण्डाु चलचित्रमा रहेको मेरो पात्रले हाम्रै समाजमा लुकेको वा देखिएर पनि नदेखिएको अनि देख्न नचाहिएको पात्रको कथा भन्छ । महिला हिंसा, लागू औषत दुव्र्यसनी, जवरजस्ती करणी लगायतका कुराहरुबारे हामी सभ्य समाजका प्राणीहरु देखेर, वुझेर, अनी के गर्नु पर्छ थाहा भएर पनि कमै बोल्छौ । मैलो यो पात्र यस चलचित्र भित्र भोगेकी छु ।’

उनले यो पात्र आफ्ना लागि निकै चुनौतीले भरिएको बताउँदै सुन्दर रुपले आफ्नो पात्रलाई प्रस्तुत गरिदिएकोमा निर्माण टिमलाई धन्यवाद समेत दिएकी छिन् । उनले, चुनौतीपूर्ण बिषयको चलचित्रमा आवद्ध हुन पाएकोमा खुशी समेत व्यक्त गरेकी छिन् ।

नायिका कार्कीले चलचित्रको गीत गाउँदा मौन बसेतापनि ट्रेलर सार्वजनिक भएपछि खुशी हुनुलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ । चलचित्रको ट्रेलरबाट उनी सन्तुष्ट रहेको वुझ्न सकिन्छ । संगीता श्रेष्ठको निर्देशन र विजय राइको लगानीमा बनेको चलचित्रको प्रचारमा अब के पि्रयंकाले साथ देलिन्, यो भने प्रतिक्षा गरौ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्