आमाकै काखबाट ९ महिने बालिकाको चोरी



सैघाली खबर, २८ भदौ ।

कञ्चनपुरको पुनर्वास नगर ९ महिनाकी बालिका चोरी भएको छ । पुनर्वास नगरपालिका  ८ को क गाउँमा आमाको काखबाटै बालिका चोरी भएको प्रहरीले जनाएको छ ।

तीजका लागि माइत गएका बेला आफ्नो काखबाट राति २ बजेतिर नचिनेका मनिसले ९ महिनाकी छोरी सरुलाई लगेको  आमा बेलुदेवी विष्टले बताएको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्