प्रियंका र आयुष्मान हाबी, तारिफ परमिताको



सैघाली खबर, असोज ।

चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘ढल्की ढल्की’ बोलको गीतको भिडियोमा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हाबी छन् ।भिडियोमा आयुष्मान र प्रियंकाको केमेष्ट्रीलाई बढी फोकस गरिएको छ ।

तर, दर्शकले भने भिडियोमा छोटो समय मात्र देखिएकी नायिका परमिता आर एल राणालाई अत्याधिक रुचाएका छन् । परमिताको स्टाइल, उनको अभिनय र पहिरनलाई दर्शकले सर्वाधिक मन पराएको युटुब कमेन्टबाट पनि वुझ्न सकिन्छ । भिडियोमा थोरै देखिएपनि परमिताले मन जितेको दर्शकको प्रतिक्रिया छ ।

यो चलचित्र कात्तिक १६ गतेबाट रिलिज हुँदैछ । माधव वाग्ले र शर्मिला पाण्डेको निर्माणमा तयार भएको चलचित्रमा दिपेन्द्र के खनालको निर्देशन छ । चलचित्रमा परमिताको जोडीको रुपमा कलाकार सन्दिप क्षेत्री देखिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्