यसपालीको दशैंमा, फूलपातीमा ‘निर्जला’



सैघाली खबर, ५ असोज ।

असोज १९ गते प्रर्दशन मिति तय गर्दैे फिल्म ‘निर्जला’को ‘यसपालीको दशैंमा’ बोलको गीत रिलिज गरिएको छ । राजधानीमा आयोजना गरिएको प्रेसमिटमा फूलपताीलाई प्रदर्शन मिति तोक्दै यो गीत रिलिज गरिएको हो ।

बाबुल गिरी र सुजाता बर्माको स्वर रहेको सार्वजनिक निर्जलाको यो गीतमा दिनेश सुबेदीको शब्द र बाबुल गिरीकै संगीत रहेको छ । भिडियोको कोरियोग्राफी कमल राईले गरेका छन् भने छायाँकन रवी कोइराला छायांकन गरेका छन् ।राजु गिरिले निर्देशन गरेको फिल्म निर्जलालाई प्रकास चन्द्र न्यौपानेले निर्माण गरेका हुन् ।

फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा, राजकुमार थापा, निक शर्मा, रश्मी भट्ट, शारदा गिरी, श्याम राई, पल्पसा ढंगोल, सुरबिर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । दशैैंमा छक्का पञ्जा २ र जय भोले लाग्दैछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्