डिउटिमा रहेका पुलिसले ‘मानसिक रोगी’लाई लाठी र बुट बर्साएपछि (भिडियो)



रेणु डि.सी./सैघाली खबर, ५ असोज ।

गाेंगवु नयाँ बसपार्क स्थित शिव मन्दिर नजिकै प्रहरीले एक नागरिकमाथि गरेको दुव्यवहारको भिडियो यतिबेला भाईरल भएको छ । प्रहरीका अनुसार मानसिक सन्तुलन गुमाएका भनिए पनि स्थानिएले भने ति ब्यक्ति मानसिक सन्तुलन गुमाएको नभई मदिरा सेवन गरेको बताएका छन् । उनले राति पसलको पेटीमा सुतेको, फोहर गरिदिएको र जा भन्दा अपशब्द बोलेका कारण उनीमाथि कुटपिट गरिएको बताईएको छ ।

‘त्यहाँ कार्टुनहरु हुने भएकाले ती व्यक्ति राति सुतेका रहेछन्’, ‘बिहान पसलका मालिकहरु आएर उठाउन खोज्दा विवाद भएको थियो ।’ ‘जा बहुला भनेर उनलाई धकेल्दा रिस उठ्दो रैछ । त्यसपछि विवाद सिर्जना भएको थियो’ । ‘प्रहरीले सम्झाउनु पर्नेमा उल्टै पसलेसँग मिलेर लाठी र लात्ती उमाथि बर्सायो । जुन कुरा भिडियोमा पनि देख्न सकिन्छ ।

महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीले जे भयो गलत भएको बताउँदै केही व्यक्तिका कारण संगठनकै आलोचना हुने गरेको बताएका छन् । घटनाका बारेमा त्यहाँका प्रतक्ष्यदर्शिहरुका अनुसार पहिला ति ब्यक्तिले प्रहरीलाई हात उठाएको र त्यसपछि प्रहरी हवल्दार हरीलाल बि.क.ले लाठी चार्च र बुट बर्षाएका थिए ।

कुनै डिउटिमा भएको प्रहरीमाथि कुनै सर्वसाधारणले थप्पड हान्नु सरासर गलत नै हो । तर त्यसको वदलामा आफ्नो वल र क्षमताले भ्याए सम्म उक्त व्यक्ति माथि जाईलाग्नु कत्तिको सहि हो ? गल्ती गरेपछि उसलाई कानुनको दायरामा ल्याएर आवश्यक्ता अनुसार सजाए दिनुपर्ने होईन र ? मानसिक सन्तुलन गुमाएर होस् या मदिरा सेवन गरेर होस् उ होसमा त थिएन नि ।

फेरी त्यहि व्यक्तिमाथि बल र बर्दिको आडमा त्यसरि लाठिचार्ज गर्न मिल्छ ? तपाईहरुले भिडियोमा पनि देख्न सक्नुहुन्छ प्रहरीले लाठि चार्ज गर्दा उक्त ब्यक्तिले कुनै खालको प्रतिक्रिया दिएका छैनन् । खालि लाठि र बुट सहेर आफुलाई जोगाउन खोज्दै छन् । यो त एउटा उदाहरण मात्र हो । पछिल्लो समय यस्ता खालका घटना अलि बढी नै भईरहेको पाईएको छ । जस्ले सिंगो प्रहरी प्रशासनको वदनाम भईरहेको छ । प्रहरी मेरो साथी भनिन्छ, के साच्चै प्रहरी नागरिकको साथी बन्न सक्यो त ? कि यस्तै घटना घट्नु र घटाउनुलाई प्रहरी मेरो साथी भनिन्छ ?

यसैबिच प्रहरी प्रधान कार्यालयले घटनाबारे चासो देखाएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्