‘नालापानी’ को टिजर सार्वजनिक, यस्तो भन्छन् निर्देशक अधिकारी (भिडियो)



सैघाली खबर, १३ असोज ।
नेपालीहरुको विरताको इतिहास ‘नालापानी’को युद्धको कथामा चलचित्र ‘नालापानी’ निर्माण भएको छ । चलचित्रको काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै टिजर सार्वजनिक गरिएको छ । रिमेश अधिकारीको निर्देशनमा तयार भएको चलचित्रका निर्माता मनोज शाक्य हुन् ।

चलचित्रमा विपिन मल्लको सम्पादन, बसन्त घर्तीमगर र अच्यूत गजुरेलको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ । रिमेश अधिकारी र कृष्ण आचार्यले यो चलचित्रको स्क्रीप्ट तयार पारेका हुन् । चलचित्रले नालापानीको युद्धमा नेपालीहरुले देखाएको विरताको कथालाई उठान गरेको छ ।

अंग्रेज र नेपालीविचको लडाई र नेपालीको विरताको कथालाई चलचित्रमा देखाइएको छ । चलचित्रमा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्य लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्