‘प्रेमलीला’ को पहिलो पोस्टर सार्वजनिक



सैघाली खबर, १८ असोज ।

फिल्म ‘प्रेमलीला’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । ‘प्रेमलीला’ को पोस्टरमा नायिका दिपशिखा खड्का मात्रै प्रस्तुत छिन् । मुण्डन शैलीकी दीपशिखालाई रिसाह मुद्रामा देख्न सकिन्छ ।

जनक पाण्डे निर्देशित फिल्म ‘प्रेमलीला’ मा दिपशिखासँगै अली खान, मौसम खड्का, प्रभावर शर्मा, रेखा शाह, सुरज तमु, टुविंकल श्रीवस्तभ लगायतको अभिनय रहेको छ । हरी लम्साल, महेश खड्का, रविराज शाह र नविन कार्कीको संगीत रहेको फिल्ममा रामजी लामिछाने र लोमश पौडेलले कोरियोग्राफी गरेका छन् ।

फिल्म ‘प्रेमलीला’ लाई नानी मैंया कार्की र फैजी फिल्मस मिलेर बनाएका हुन् । फिल्मको प्रदर्शन मिति माघ २५ लाई तय गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्