‘बादशाह जुट’ को काफल पाक्यो



सैघाली खबर, १८ असोज ।
राज परिवारको कथामा आधारित चलचित्र ‘बादशाह जुट’ मा समावेश काफल पाक्यो गीत अवको चार दिन पछि रिलिज हुदै छ ।

पौष १३ अर्थात अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर प्रदर्शन मिति तय गरिएको यस चलचित्रमा समावेश पहिलो गीत असोज २२ गते रिलिज हुदैछ ।

चलचित्र ’बादशाह जुट’ मा अभिनेत्री प्रियंका कार्की, अभिनेता सुशिल श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र ‘बादशाह जुट’ले राज खान्दानिका दुइ राजकुमारको कथालाई चित्रण गरेको बताईएको छ । यस चलचित्रलाइ भोजराज श्रेष्ठले निर्माण गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्