आजदेखि हलहरुमा निर्जला, प्रतिस्पर्धामा भएनन् कोहि



सैघाली खबर, १९ असोज ।

यो शुक्रबार एकमात्र नयाँ नेपाली फिल्म ‘निर्जला’ प्रदर्शनमा आएको छ । राजु गिरीको निर्देशनमा बनेको यो फिल्ममा किशोर खतिवडा र शुभेच्छा थापा लगायतका कलाकारको अभिनय छ ।

नारी प्रधान भनिएको फिल्म ‘निर्जला’ को शिर्ष भूमिकामा शुभेच्छा थापा प्रस्तुत भएकी छन् । यसअघिका फिल्महरुमा भल्गर दृश्य दिएकी शुभेच्छा निर्जलामा भने ग्रामिण भेगकी साधारण महिलाको भूमिकामा छिन् । फिल्मलाई प्रकाशचन्द्र न्यौपानेले गरेका हुन् । फिल्मको बिहिबार विशेष शो समेत गरिएको थियो ।

गत साता प्रदर्शनमा आएका ‘कथा काठमाण्डू’, ‘अनुराग’ र ‘छिरिंग’ले केही हलहरुमा दोश्रो साताको यात्रा तय गरेका छन् । यस्तै फिल्म ‘इन्टुमिन्टु लण्डनमा’ तेश्रो सातामा प्रवेश गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्