‘चङ्चा चेट’: वेरोजगार यूवाको कथा पर्दामा



सैघाली खबर, २२ असोज ।

कमेडी कथामा यूवाहरुको कथा र व्यथालाई उठान गरेको चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक गरिएको छ । कात्तिक १६ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रमा माधव वाग्ले र शर्मिला पाण्डेको लगानी छ ।

यो चलचित्रमा आयुष्मान देशरराज जोशी, रविन्द्र झा, सन्दिप क्षेत्री, अर्पण थापा, प्रियंका कार्की, परमिता राज्यलक्ष्मी राणा, सुरक्षा पन्त, शिशिर वाङ्देल, माओत्से गुरुङ, सरिता गिरी, पुष्कर गुरुङको मुख्य भूमिका छ । निश्चल बस्नेत, वेनिशा हमाल र ऋचा शर्माको चलचित्रमा विशेष भूमिका छ ।

चलचित्रको ट्रेलरमा यूवाहरुको कमेडी र पैसा नहुँदाको व्यथालाई उठान गरिएको छ । चलचित्रमा प्रदिप भारद्धाजको लेखन, सूर्य थोकरको एक्सन, प्रविण सिंहको कोरियोग्राफी, निरज कँडेलको छायांकन छ । कार्यक्रममा बोल्दै निर्माता माधव वाग्लेले यो चलचित्र निकै राम्रो बनेको बन्दै हिट हुने दाबी गरे । निर्देशक दिपेन्द्र के खनालले यूवाहरुको समस्यालाई रमाइलो तरिकाले प्रस्तुत गरेको र २ घन्टा २० मिनेटको चलचित्र हेर्दा दर्शकलाई दिक्क नलाग्ने खुलाए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्