‘पुरानो बुलेट’ को टिजर सार्वजनिक



सैघाली खबर, २२ असोज ।

भिषण राईले निर्देशन गरेको फिल्म ‘पुरानो बुलेट’ को टिजर सार्वजनिक भएको छ । फस्ट लुकको रुपमा सार्वजनिक गरिएको टिजरमा बुलेट बाइकको स्टण्टलाई फोकस गरेर देखाइएको छ ।

फिल्ममा अनुप विक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बुकोे प्रमुख भूमिका रहेको छ । सँगै कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।

दीपेन्द्र लिम्बु, विरेन साम्बा, टिकाराम राई र अशोक साम्पाङ्ग राईले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा कार्यकारी निर्मातामा सन्तोष राई छन् ।हरी घलेको सिनेम्याटोग्राफी रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । कथा लेखन भिषण राई र सन्तोष राई रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्