प्रियंका कार्की र पुष्पल खड्काको दिल टुट्यो



सैघाली खबर, २२ असोज ।

नायिका प्रियंका कार्की र नायक पुष्पल खड्काको अभिनय रहेको गीत सार्वजनिक भएको छ । ‘दिल टुटे भन्दा बढ्ता’ बोलको गीतमा सुरज मानन्धरको स्वर छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ ।

चलचित्र निर्देशक निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांकन र बिकास धमलाको सम्पादन छ । भिडियोलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन् । गायक मानन्धरले यसअघि पनि थुप्रै गीतहरु गाउनुभएको छ । उनले यसअघि ‘तिमी मान या नमान’, ‘तिम्रो अंगालोमा’ लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् ।

https://youtu.be/eMEJomvxIwc

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्