‘बादशाह जुट’ को काफल आज पाक्यो



रेणु डि.सी.
सैघाली खबर, २२ असोज ।
चलचित्र ’बादशाह जुट मा समावेश ‘काफल पाक्यो’ गीतको भिडियो आज सोमबार रिलिज भएको छ । भिडियोमा नायक सुशिल श्रेष्ठ, आमिर गौतम, र नायिका प्रियंका कार्कीको फिचरिङ रहेको छ ।

राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको यस गीतको भिडियो बुढा सुव्वा युटुव च्यानल मार्फत पव्लिस गरिएको छ । पौष १३ अर्थात अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर प्रदर्शन मिति तय गरिएको यस चलचित्रमा समावेश पहिलो गीत आज रिलिज भएको हो ।

राज परिवारको कथामा आधारित चलचित्र ‘बादशाह जुट’ मा सुशिल श्रेष्ठ, आमिर गौतम, प्रियंका कार्की, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत लगायतका कलाकारको अभिनय रहेको छ । यस चलचित्रलाइ भोजराज श्रेष्ठले निर्माण गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्