म अहिलेसम्म प्रेममा परेकि छैन : अस्मिता खनाल (भिडियो)



सैघाली खबर, २३ असोज ।
चलचित्र कथा काठमाण्डौमा हास्य कलाकारको भुमिका निर्वाह गरेकि अस्मिता खनाल सबैको नजरमा परेकि कलाकार हुन् । अस्मिता थ्रियटर हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेकि हुन् ।

एउटै चलचित्रबाट नै दर्शकहरुको मन जित्न सफल भएकि उनि कलाकारको नजरमा पनि पर्न सफल भएकि छिन् । र त उनि अभिनित पहिलो चलचित्र हलहरुमा प्रदर्शन भईरहेको समयमा चलचित्रमा काम गर्नकै लागि भनेर अफरहरु आउन थालेका छन् ।

अहिले सम्म सिंगलनै भएको बताउने खनाल आफ्नो पेशालाई सम्मान गर्ने र आफुलाई बुझ्ने खालको केटा आएमा प्रेममा पर्न सक्ने बताएकि छिन् ।

उनि अभिनित चलचित्र कथा काठमाण्डौ अहिले हलहरुमा दोस्रो हप्तामा चलिरहेको छ । यिनै हास्य कलाकार अस्मिता खनालसंग गरिएको रमाईलो कुराकानि हेर्नकोलागि तलाको भिडियोमा किल्क गर्नुहोला ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्