ऋचा र छुल्ठिमको ‘चोलीको तुना’ (भिडियो)



सैघाली खबर, २५ असोज ।

चलचित्र ‘न यता न उता’ मा समावेश पहिलो गीत सार्वजनीक भएको छ। केहि दिन अगाडी चलचित्रको टिजर सार्वजनिक गरिएको थियो। चलचित्रमा समावेश ‘चोलीको तुना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो।

राजन इशान, मिलन अमात्य, राजनराज सिवाकोटी र रमिना सिङको स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द र मिलन जलन तथा राजन इशानको संगीत रहेको छ।

विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, समिरमणी दिक्षित र मिराज रोशन फिचर रहेका छन् । मिराज र विसारद बस्नेतले निर्देशन गरेको चलचित्रमा वुद्दि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, नमिता घिसिङ, लुनिभा तुलाधर, राजन खतिवडा, राजन मुकारुङ, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्