‘बैंशै बेईमानी’ भएपछि मेलिना राइ नाच्न थालिन् (भिडियो)



सैघाली खबर, ९ कार्तिक ।

मेलिना राईको स्वर रहेको ‘बैंशै बेईमानी’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा मेलिना आफैले नृत्य प्रस्तुत गरेकी छिन् । सान थापाको निर्देशन रहेको गीतको भिडियो यस्तो बनेको छ :

मेलिना राई गायनमा अब्बल रहेकी छन् । ‘तिम्रले बोटो मोड्यौ अरे’ बोलको गीतबाट सर्वाधिक चर्चामा आएकी मेलिनाले ‘चरी जस्तै उड्न पाए’, ‘सुर्के थैली खै’, ‘कुकुमा कुटु सुपारी दाना’ गीतबाट निकै चर्चा बटुलेकी छन् । साथै बैंशै बेईमानी गीतमा उनको नृत्यलाई पनि दर्शकले रुचाएका छन् ।

राजुबाबु श्रेष्ठको शब्द रहेको गीतमा राजनराज सिवाकोटीले संगीत भरेका छन् । भिडियोलाई अर्जुन तिवारीले खिचेको हुन् । सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने राजिव समरले नृत्य निर्देशन गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्