सरोज अधिकारी किन बने राजेश हमाल ?



सैघाली खबर, ९ कार्तिक ।

‘कार्टुन्ज क्रु’ ले नयाँ गीत सार्वजनिक गरेको छ । नेपालको चर्चित डान्स गु्रपको रुपमा स्थापित कार्टुुन्ज क्रुद्धारा अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको हो ।

‘मुसुमुसु हाँसिदेऊ ‘बोलको उक्त म्युजिक भिडियोमा ‘कार्टुन्ज क्रु’ ले अहिलेसम्मकै राम्रो कोरियोग्राफी र सिर्जनशिलता प्रयोग गरेको छ ।दर्शकहरुलाई फरक स्वाद पस्कने हेतुले क्रुले लोकपप शैलीको गीतमा दमदार अभिनय गरेको छ । भिडियोमा सरोज अधिकारी नक्कली राजेश हमाल बनेका छन् ।

सुविन अधिकारी, लाक्पा लामा लगायत अन्य सदस्यहरुको अभिनय पनि हेर्न लायक छ । त्यस्तै सधैँको जस्तै आश्मा विश्वकर्माको भूमिका पनि दमदार छ । भिडियोमा तराईको थारु संस्कृतीलाई प्रस्तुत गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्