राष्ट्रिय भाउजू स्वस्तिमा खड्का र उनका ६ तस्विर



‘कुटुमा कुटु सुपारी दाना’ गीत सुन्दा दिमागमा एउटा तस्विर झट्ट आउछ । पातलो शरिर, गोरो वर्ण अनि हसिलो अनुहार । हो चिटिक्क परेको शरिरमा कम्वर मर्काई मर्काई नाचेकि स्वस्तिमा खड्का सोहि गीत मार्फत सबै सबैको नजरमा बसेकि छन् ।

बच्चा देखि बृद्ध सबैको रोजाईमा परेको गीत पनि हो यो । स्वस्तिमाले यस भन्दा अघि भनि थुप्रै म्युजिक भिडियो र केहि चलचित्रमा पनि काम गरिसकेकि थिईन् ।

तर चलचित्र ‘दुई रुपैया’मा समावेश यस गीत मार्फत स्वस्तिमाको डिमान्ड बढेको हो भन्दा फरक नपर्ला । हाल स्वस्तिमा निकै नै व्यस्त र राम्रा निर्देशकहरुको रोजाईमा पर्ने नायिका बन्न सफल भएकि छिन् ।

म्युजिक भिडियोमा पनि स्वस्तिमाको माग उस्तै नै हुने गर्छ । हाल उनि चलचित्र ‘हजार जुनि सम्म’को छायांकनमा व्यस्त छिन् भने उनि अभिनित छक्का पञ्जा तीन सफलताको ५१ औ दिन पार गरि हलहरुमा प्रदर्शन भईरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्