आत्म हत्या गर्नै खोजेका छोरालाई बचाउदा उल्टै आमाको हत्या……



आत्म हत्या गर्न खोजेका छोरालाई बचाउन खोज्दा छोराले उल्टै आमाको हत्या गरेका छन् ।

झुण्डियर मर्छु भनि हिडेको वेला आमा, वज्यै र वहिनीले छेक्न खोज्दा उनीहरुमाथि कोदालो प्रहार गर्दा आमाको मृत्यु भएको हो । दैलेखको नारायण नगरपालिका ३ भुर्तिमा छोरा बालाराम नेपालीले कोदालो प्रहार गर्दा ४७ वर्षिया आमा पार्वती सार्किको मृत्यु भएको हो भने सोहि ठाउँ निवासी जुवारी नेपाली, कौशिला नेपाली र मन्दिरा नेपाली घाईते भएका छन् ।

कोदालोले लाग्दा घाईते मध्ये जुवारी नेपालीको अवस्था गम्भीर रहेको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव निरिक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार कोदालो प्रहार गर्ने वालारामलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । घाईते तिनै जनाको अहिले जिल्ला अस्पताल दैलखमा उपचार भैरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्