७ वर्षीया बालिकाको बलात्कार, यसरी भएको थियो घटना



गणेशमान चारनाथ नगरपालिका ५ सढियामा सात वर्षीया बालिकामाथि बलात्कार भएको छ । घरमै रहेकी बालिकालाई सोमबार राति १० बजे स्थानीय २५ वर्षका रोशन बस्नेतले चकलेट दिने बहानामा घरबाट पर उखुघारीमा लागि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालत्कृत बालिकाको अवस्था गम्भीर भएपछि स्थानीय स्तरमा उपचार सम्भव नहुँदा थप उपचारको लागि राति नै वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । उहाँका अनुसार बलात्कार गर्ने युवक बस्नेतलाई राति नै पक्राउ गरी मेडिकल परीक्षणको लागि बालिकासँगै धरान पठाइएको छ ।

यसरी भयो घटना

स्थानीयका अनुसार बलात्कृत बालिकाकी आमा दृष्टिविहीन हनुहुन्छ । राति जाँड खाएर मातेका बस्नेत आफ्नो दाई विदेशबाट चकलेट ल्याइदिएको र चकलेट दिन आएको भन्दै बालिकाको घरको ढोका खोल्न लगाएका थिए ।

त्यसपछि बालिकालाई लिएर उनले पर उखुघारीमा लगेर बलात्कार गरेका  थिए । बालिकाकी आमा बस्नेतलाई आवाजले चिनेकी थिइन् । छोरी बेपत्ता भएपछि बालिकाकी आमाले गाउँलेलाई गुहारेकी थिइन् ।

समाजले तत्कालै प्रहरीलाई खबर गरेका थिए । उखुघारीमा बालिका रगताम्य तथा गम्भीर अवस्थामा निर्वस्त्र फेला परेकी थिइन् । प्रहरीका अनुसार तत्कालै बस्नेतलाई पक्राउ गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्