एनसेल टावरको ब्याट्री चोर्ने गिरोह पक्राउ



धनुषा ।एनसेल टावरको ब्याट्री चोर्ने एक गिरोहलाई चोरेको व्याट्री र गाडीसहित प्रहरीले पक्राउ गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका १ लक्ष्मीनिवासको जनमुक्तिचोकमा रहेको एनसेललको टावरबाट मंगलबार राति व्याट्री खोलेर बी।आर।३२ पी।ए।३४५४ नम्बरको भारतीय स्कार्पियो गाडीमा राखेर भाग्दै गरेको बेला बटेश्वर प्रहरी चौकीले उनीहरुलाई पक्राउ गरेको हो ।

गस्तीमा रहेको बटेश्वर प्रहरी चौकीका प्रहरीले रोकेर बिलबुक चेक गर्दा एकजना भाग्न खोजेपछि प्रहरीलाई शंका लागेको थियो । त्यसपछि चेक गर्दा चोरीको व्याट्री फेला परेपछि गाडीमा रहेका चारै जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरमा राखेर थप अनुसन्धान भैरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्