अनैतिक सम्बन्ध बाट जन्मिएको नवजात शिशु हत्या गर्ने महिला पक्राउ



तनहुँ ।नवजात शिशुको हत्या गर्ने एक महिलालाई तनहुँ प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ । तनहुँ भानु नगरपालिका वडा नम्बर ३ दोरदोर बस्ने वर्ष ३७ की लक्ष्मी गन्धर्वलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पुस ३ गते भानु नगरपालिका वडा नम्बर ३ दोरदोर चण्डीथोकमा झाडी भएको पाखो बारीमा महिलाले लगाउने सुरुवालले घाँटीमा कसेर बेरेको अवस्थामा लिङ्ग पहिचान नभएको नवजात शिशुको शव फेला परेको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा शंकाको आधारमा प्रहरीले नियन्त्रणमा लिएकी गन्धर्वले अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिनुभयो ।

महिलाको श्रीमान गएको ४ वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेको र परपुरुषसँगको सम्पर्कबाट बच्चा रहेकोले शिशुको जन्म भए लगत्तै हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्