नोट काण्डमा पूर्वगर्भनर सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट काण्डमा पूर्वगर्भनर तिलक रावलसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुलाई ९१ लाख रकम बिगो दावीसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

रावलसहित अख्तियारले तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौडेल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालय बहादुर पाण्डेविरुद्व अदालतमा मुघा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट अस्ट्रेलियामा रु। १० को पाँच करोड थान नोट छपाई गरिँदा अनिमितता भएको दावी गर्दै अख्तियारले तीनै जनाविरुद्व जनही ९१ लाख नौ हजार ८ सय ८९ रुपैयाँ ५८ पैसा बिगो माग दाबी गरिएको प्रवक्ता दंगालले जानकारी दिएका छन् ।

प्रेस विज्ञप्ति
मिति २०७५।९।०५ गते

आरोप–पत्र दायर गरिएको

नेपाल राष्‍ट्र बैंकबाट अष्ट्रेलियामा रु. १० को ५ करोड थान पोलिमर नोट छपाई गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएकोुु भन्ने समेतको उजुरीउपर आयोगबाट अनुसन्धान हुँदा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधी बिचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागी मिडियाकर्मीहरुलाई थाईल्याण्ड हुदै अष्ट्रेलिया पठाउने, नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने, परल मूल्य प्रति हजार ब्४६८ बाट ब्४ ४ बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका एव् नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्‍याई आफू समेतलाई फाइदा पुग्ने कसुर गरेको स(प्रमाण पुष्टी हुन आएको हुँदा उक्त कसुरमा संलग्न तपशिलमा उल्लेखित पदाधिकारीहरु तथा व्यक्तिलाई देहायबमोजिमको सजायको मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ।

रामेश्वर दंगाल
सह–सचिव एवं प्रवक्ता

यस्तो छ विवरण

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्