६६ हजार नगदसहित सुनका गहना चोर्ने चार पक्राउ



काठमाडौं ,
लेडिज ब्यागदेखि पूजा सामग्री चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट चारजनालाई पक्राउ गरेको हो ।प्रक्राउ पर्नेमा काठमाडौंको नयाँ बजार बस्ने काभ्रेका १६ वर्षीय प्रज्वल तामाङ, ढल्कु क्षेत्रपाटी बस्ने रामेछापका १५ वर्षीय अनिल तामाङ स्वयम्भु बस्ने मकवानपुरका १५ वर्षीय राजीव देउला र काठमाडौंको पकनाजोल बस्ने दोलखाका १६ वर्षीय निमा तामाङ रहेका छन् ।

प्रहरीले उनीहरुको बयानका आधारमा काठमाडौं महानगरपालिका(१७ ढल्कु तण्डुकार टोलको एक घरमा लुकाइ राखेको चोरीको सामानहरुसमेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुले लेडिज व्यागदेखि गरगहनासम्म चोर्ने गरेका प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट ६६ हजार ५७५ रुपैयाँ नगद, केही थान ल्याप्टप र मोवाइल, विभिन्न धातुबाट बनेका गरगहनाहरु औंठी, चुरा, लकेट, कानमा लगाउने झुम्का, बाला, पूजाका सामग्रीहरु, घर तथा पसल फाड्ने औजारहरु छिनो, पेचकस, दाउ आदि० बरामद गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्