हस्थमैथुन गर्न लगाएको आरोपमा एक जना पक्राउ



सप्तरीमा ६ वर्षीया बालिकालाई हस्तमैथुन गर्न लगाएको आरोपमा बोदे बसाइन नगरपालिका–७, हैटीका ३५ वर्षीया वरूण राम पक्राउ परेका छन् ।

घरमा एक्लै बसेकी बालिकालाई केराबारीमा लगेर यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बोदे बसाइनले जानकारी दिएको छ ।

घरपरिवारका सदस्यहरु धान काट्न खेत गएका बेला घरमा एक्लै बसेकी बालिकालाई नजिकैको केराबारीमा लगेर काखमा राखी वरुणले हस्तमैथुन गराइरहेको देखेपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए ।

त्यसपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका वरुणलाई बालयौन दुरूपयोग अन्तर्गत मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्