यसरी पाउनुहोस् गुगलबाट २ करोडभन्दा बढीको पुरस्कार



। इन्टरनेट जाइन्ट गुगलले प्रयोगकर्तालाई २ करोडभन्दा बढीको पुरस्कारको घोषणा गरेको छ। आफ्नो सेक्युरिटीलाई उत्कृष्ट बनाउनका लागि उसले पुरस्कार घोषणा गरेको हो। यसका लागि गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा बग (एक किसिमको भाइरस) खोज्नुपर्ने हुन्छ। गुगलले आफ्नो स्मार्टफोन अपरेटिङ सिस्टम एन्ड्रोइडमा बग भेट्टाउने रिसर्चरलाई २ लाख डलर पुरस्कार दिने घोषणा गरेको हो।


गुगलको अपरेटिङ सिस्टममा रेनसमवेयर र जुडी भाइरसको आक्रमण भएपछि उसले यस्तो घोषणा गरेको हो। पछिल्लो समय एन्ड्रोइडमा यस्ता आक्रमण भएपछि गुगलको सुरक्षाको निकै आलोचना भएको छ। साइबर सेक्युरिटी फर्म चेक प्वाइन्टका अनुसार गुगलको प्ले स्टोरबाट १ करोड ८० लाखसम्म संक्रमित एप डाउनलोड भएका छन्। एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्