काठमाडौं । काठमाडौँ महानगरपालिका–६ बौद्धमा नक्कली पेस्तोल देखाई आतङ्क फैलाएको अभियोगमा स्थानीय सिद्धान्त सुनुवारलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित डोमा शेर्पाको खाजा पसलमा प्लास्टिकको कालो रङको नक्कली पेस्तोल देखाई प्रहरी हुँ भनी पसल सञ्चालक र पसलका ग्राहकलाई धम्काइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । उनीसँग नक्कली पेस्तोल र मोबाइल बरामद गरिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।