दुई सन्तानलाई बिष खुवाएर जब आमा आफैले खाइन……..



धनुषा। धनुषामा घरायसी विवादको कारण एक महिलाले दुई छोराहरुलाई विष खुवाई आफूले पनि विष सेवन गरेकी छिन् ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका(१, सोनमाई खजुरी टोल बस्ने रविन्द्र यादवकी श्रीमती २४ वर्षकी रिना देवी यादवले आफ्ना दुई छोरालाई विष खुवाई आफूले पनि विष सेवन गरेकी हुन् ।

विष खुवाएका कारण कान्छो छोरा ३ वर्षका रितेशको ज्यान गएको छ भने जेठो छोरा ५ वर्षका रितिक र आमा रिना गम्भीर घाइते छन् ।

आमालाई उपचारका लागि जनकपुरको जानकी हेल्थकेयरको आईसीयूमा भर्ना गरिको छ भने जेठो छोरा रितिकलाई जनकपुर अञ्चल अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्