शिक्षा क्षेत्रमा उल्लेख्य लगानी सांसद चौधरीको विद्यालय दौडाहा अभियान



शिबराज पन्थी ।
गढवा । निर्वाचन क्षेत्रविकाश कोषको ६० प्रतिशत बढी रकम शिक्षा क्षेत्रमा लगानी गर्ने कार्यक्रम बनाएर घोषणा समेत गरिसकेका प्रतिनिधी सभाका सांसद मेटमणि चौधरीले पुनः तराई मधेश समृद्धि कार्यक्रम अन्तर्ग निर्वाचन क्षेत्रनं. १ मा परेका योजना र रकमको विवरण सहित विद्यालय दौडाहा अभियानमा लागेको बताउनु भएको छ ।

नेपाल सरकारको तराइ मधेश समृद्धि कार्यक्रम अन्तर्गत करिव पौने आठ करोडको हाराहारीमा दाङ जिल्लामा विद्यालय तथा अन्य योजनाहरुमा बजेट विनीयोजन भएको सांसद चौधरीको भनाइ रहेको छ ।
सोमवार देखी सांसद चौधरीले निर्वाचन क्षेत्र नं. १ अन्तर्गत रहेका केहि विद्यालयहरुमा तराइ मधेश समृद्धि कार्यक्रम अन्तर्गत आफ्नो पहलमा बजेट पार्न सफल भएको भन्दै रकम सहितको पत्र हस्तान्तरण अभियानमा विद्यालय दौडाहामा लागेको गढवामा आयोजित एक कार्यक्रममा बताउनु भयो ।

जस अन्तर्गत सोमवार देउखुरीको सतबरीया स्थित राप्ती मावी, लमही नगरपालिका स्थित खिमबहादुर शाह मावी, गढवा स्थित जनता मावी, राजपुर स्थित जनज्योति मावी बेला, साधारण मावी गंगदी र राजपुरकै दुलैयाको आधारभूत विद्यालयमा बजेट रकम सहितको पत्र हस्तान्तरण गर्नु भएको छ ।

जस अनुसार शक्ति प्राबि लमहिमा ५० लाख, जनता माबि गढवामा ७० लाख, साधारण माबि गंगदि राजपुर भवन निर्माणार्थ ४० लाख, जनज्योति माबि बेला राजपुरको भवन निर्माण ४० लाख, आधारभूत विद्यालय दुलैहैया राजपुरमा ४० लाखको बजेट विनीयोजन भै सकेको पत्र विद्यालयहरुलाई हस्तान्तरण गरेको बताउनु भएको छ ।

थप महत्त्वपूर्ण योजनाको लागि प्रयास भइरहेको छ, यसपालि साबिक राजपुर गाँउपालिकामा तुलनात्मक रूपमा अलि धेरै वजेट परेको छ, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको योजना राजपुर गाँउपालिकामा कम परेकोले तराइ मधेश समृद्धि कार्यक्रम अन्तर्गत बजेट हाल्न आफुले केन्द्रमा पहल गरेको चौधरीको भनाई रहेको छ ।

पौने आठकरोड रकम मध्ये अन्य बिकाश निर्माणका विभिन्न योजनाहरुमा दाङ देउखुरीका विभिन्न स्थानहरुका योजनाहरुमा बिनीयोजन भएको चौधरीले कार्यक्रममा जानकारी गराउनु भएको हो ।

सोमवार देउखुरीको गढवा स्थित जनता माध्यमिक विद्यालयका अध्यक्ष गणेश कुमार कुमालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सांसद चौधरीले सरकारी विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने–लिने बिषयमा प्रतिवद्धता गराउनु भएको छ ।

विद्यालयमा शिक्षकहरु र घरमा अभिभावकहरुले विद्यार्थीलाई असल संस्कार सिकाउनु पर्नेमा उहाँको जोड रहेको थियो ।

विद्यालयहरुमा पढाइको गुणस्तर बृद्धि गर्नुस, राम्रो नतिजा ल्याउनुस, बजेट अभावमा तड्पिनु पर्दैन–उहाँले शिक्षकहरुलाई आव्हान गर्नुभयो ।

यसैगरी राजपुर स्थित जनज्योति मावी बेलाका अध्यक्ष अमरराज गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यार्थी,अभिभावक, शिक्षक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी र नेकपाका नेताहरुको समेत सहभागिता रहेको थियो । यसैगरी मंगलवार पनि देउखुरीका विभिन्न विद्यालयहरुमा बजेट रकमको पत्र हस्तान्तरण सहित अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सांसद चौधरीले बताउनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्