सम्भोग र यौन सन्तुष्टि योनीको विशेषता अनुसार



यौन भनेको प्राकृतिक कुरा हो । स्वस्थ्य मानिसलाई तिब्र यौन इच्छा हुनु स्वभाविक नै हो । मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन् । कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ ।

तपाईहरु दुईजना जो यौनसम्पर्कमा सहभागि हुनुहुन्छ तपाईहरु कत्तिको सहज तरिकाले यौन क्रियाकलापमा सहभागि हुनुहुन्छ भन्ने कुराले धेरै प्रभाव पार्छ । यौन सम्पर्कको बेलामा योनीका मांशपेशीहरु संकुचन गर्ने अथवा फुक्ने कुराहरु चाँहि तपाईको यौन उत्तेजना कुन अवस्थामा आउँछ त्यसले प्रभाव पार्ने कुरा हो ।

जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाको योनी लुज भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन् । यसले पुरुष—महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ । यौन सम्पर्कबाट पुरुष र महिला दुवैलाई उत्तिकै आन्नद प्राप्त गर्न योनी संकुचन होइन लचकदार हुनुपर्छ ।

महिलाको योनीको खुकुलोपन सम्भोग पश्चात् कायम रहन्न । कतिपयले धेरै सम्भोग गरेर योनी खुकुलो भएको ठान्छन् । यो पनि गलत धारणा हो । सम्भोग धेरै वा थोरै गरेर योनी कसिलो वा खुकुलो हुने हुँदैन । योनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारको लिंगसँग ठीक हुन सक्छ । त्यही सानो योनीबाट बच्चा जन्मन्छ ।

बच्चा जन्मिएको केही समयमा फेरि योनी पुरानै आकारमा पुग्दछ । यो नै योनीको विशेषता हो । केही महिलामा बच्चा जन्माएपछि योनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ । यस्तो अवस्थामा योनीसम्बन्धी केही कसरत गर्न सकिन्छ ।

यौनसम्पर्क गर्दा धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ । महिला र पुरुषबीच हुने सम्पर्कमा दुबैले चरम सुख कसरी लिने भन्ने ध्यान केन्द्रीत रहन्छ । त्यसका पनि धेरै युवाहरुको जिज्ञासा भनेको योनी किन खुकुलो हुन्छ रु के कारणले खुकुलो हुन्छ अनि कसरी यसलाई कसिलो बनाउन सकिन्छरु भन्ने हुन्छ ।

योनीको मांसपेशीलाई कसिलो पार्न यौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन् । यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ । केगेल विधि गर्दा पिसाब फेर्दा मांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ ।

यसलाई सुरुमा एक सेकेन्डसम्म योनी खुम्च्याउने, खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पु¥याउनुपर्छ । बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ । यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ । नियमित केही हप्तासम्म केगेल कसरत गरेमा योनीको मांसपेशीमा कसिलोपन आउँछ ।

विदेशतिर योनी कसिलो बनाउन अपरेसन गरी योनीको मांसपेशीलाई कसिलो बनाउने पनि गर्छन् । अहिले नेपालमा योनी कसिलो बनाउन योनीमा लगाउने क्रिम, तेल, मसाजरहरूको धेरै विज्ञापन गरिन्छ । तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो । यिनले योनीको प्राकृतिक क्षमतालाई हानि पनि पु¥याउन सक्छन् । यसबारे सचेत हुन जरुरी रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्