यी हुन् सबैभन्दा कमजोर पासवर्ड, कतै तपाइको त पर्दैन ! हेर्नुहोस्



२०१८ मा सबैभन्दा धेरै ह्याक भएका वा सर्वाधिक कमजोर पासवर्डको खुलासा भएको छ । साइबर सेक्योरिटी फर्म स्प्लास डाटाले यसको खुलासा गरेको हो ।

वर्षको सबैभन्दा कमजोर पासवर्डको सूचिमा १२३४५६ सबैभन्दा अगाडि रहेको छ । १२३४५ सबैभन्दा कमजोर पासवर्डको पहिलो स्थानमा रहेको यो लगातार पाँचौँ वर्ष हो । त्यस्तै password शव्द कमजोर पासवर्डको दोश्रो स्थानमा रहेको पनि पाँचौ पटक हो ।

अनलाइन सेक्योरिटी विज्ञहरुले इन्टरनेट प्रयोगकर्तालाई आफ्ना पासवर्डको सुरक्षाका विषयमा लगातार सचेत पारिरहेका छन् । त्यसका बाबजुत पनि विश्वका लाखौँ मानिसहरुले आफ्नो इमेल, स्मार्टफोन, ल्यापटप, कम्प्युटर तथा अन्य डिभाइस र अकाउन्टहरु सुरक्षित बनाउनका लागि यस्तै कमजोर वा सजिलैसँग अनुमान गर्न सकिने खालका पासवर्ड राखिरहेका छन् ।

सन् २०१८ मा ह्याक भएका ५० लाख अकाउन्टहरुमा आधारित भएर उक्त अध्ययन गरेको हो । त्यसको आधारमा कम्पनीले सन् २०१८ का सबैभन्दा कमजोर २५ वटा पासवर्डको सूचि सार्वजनिक गरेको छ । रिपोर्टअनुसार पछिल्लो एक वर्षमा विश्वभरका १० प्रतिशत मानिसहरुले ती २५ वटा खराब पासवर्डमध्ये कुनै एकको प्रयोग गरेको पाइएको छ ।

यी हुन् सबैभन्दा कमजोर २५ पासवर्ड

123456
Password
123456789
12345678
12345
111111
1234567
sunshine
qwerty
iloveyou
princess
admin
welcome
666666
abc123
football
123123
654321
charlie
aa123456
donald
password1
qwerty123

रिपोर्टमा प्रयोगकर्तालाई फरक फरक अकाउन्ट वा डिभाइसका लागि फरक फरक पासवर्ड प्रयोग गर्न पनि सुझाव दिइएको छ । यसो गर्दा ह्याकरले तपाइँको एउटा अकाउन्ट वा डिभाइसको पासवर्ड हात पारेर ह्याक गरेसँगै सबै डिभाइस वा अकाउन्ट स्वतः असुरक्षित हुने खतरा हुँदैन । onlinekhabar बाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्