खाजा कार्यक्रमले बिद्यार्थीहरुको मनोबल बढ्यो, हरियाली मैत्री बन्दै आधारभुत बिद्यालय



कपिल लामिछाने ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले थालेको बिद्यार्थी खाजा कार्यक्रमले बिद्यार्थीहरुको मनोबलमा बृद्धि भएको देखिएको छ । यहीँ शैक्षिक सत्रबाट सुरु गरिएको खाजा कार्यक्रम अहिले जनता संस्कृत मा।बि। बिजौरी र श्री जन कल्याण मा।बि। दुधरासमा सञ्चालन भैरहेको छ ।

आर्थिक स्थिति कमजोर भएका बिपन्न समुदायका बिद्यार्थीहरु मंहङ्गो रकम तिरेर निजि बिद्यालयमा जान नसक्ने र सरकारी बिद्यालयमा आएपनि दिनभरि भोकै रहेर पढ्नाले उनिहरुको शैक्षिक गुणस्तरमा कमि आउने भएको कारणले उक्त कार्यक्रमको आयोजना गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले बताउनुभयो ।

निरन्तर रुपमा खाजाको कार्यक्रम सञ्चालन भएको कारण अहिले बिद्यार्थीहरु पनि नियमित स्कुल आउने र पढाईमा मन लगाउने श्री जन कल्याण मा।बि। का प्रधानाध्यापक हिम बहादुर भण्डारीको भनाई रहेको छ ।

बिद्यार्थीहरुलाई अहिले खिर, हलुवा, पाउरोटी दुध कहिलेकाही बिस्कुट दिने गरिन्छ । नास्ता बनाउनैका लागि एक जना स्थानिय कर्मचारी पनि राखिएको छ ।

पहिले पहिले चनाहरु पनि खुवायौँ कहिलेकाहीँ फलफुलहरु केरा, स्याउ सुन्तलाहरु पनि खुवाउछौ श्री जन कल्याण मा।बि।का लेखापाल डम्बर वलिले बताउनुभयो ।

स्थानिय सरकारले यसरी खाजाको कार्यक्रम सञ्चालन गरेकोमा अभिभावकहरु पनि खुसी देखिन्छन् पैसाको बचत संगै पोषणयुक्त खानाले कुपोषण जस्ता रोगबाट मात्रै नभई शारिरीक र मानशिक दुबै कुरामा सक्षम बनाईरहेको अभिभावकहरुको तर्क रहेको छ ।

शिक्षामा गुणस्तर दिन अनि बिद्यार्थीको मनोबल बढाउनका लागी यस्ता खालका निति अति नै आबश्यक रहेको छ यसैगरि निरन्तर रुपमा नयाँ नयाँ निति ल्याएर बिद्यार्थीहरुको मनोबल बढाउन स्थानिय सरकार शिक्षाबिद र सरोकारवालाहरुले ध्यान दिनुपर्ने देखिन्छ ।

त्यसैगरि तुलसीपुर उपमहानगरपालिकाको हरियाली मैत्री बिद्यालय बनाउने अभियान अनुरुप श्री आधारभुत बिद्यालय बेलझुण्डीमा २७५ बोट आँप, १५ बोट लिच्ची, १० बोट कागती १५० बोट मसला र १०० बोट टिटका बिरुवाहरु लगाईएको छ ।

बिद्यालयको प्राङ्गनमा लगाईएका उक्त बिरुवाहरु तुलसीपुर बन महाशाखाबाट निशुल्क उपलब्ध भएका हुन वडा कार्यालयको सिफारिस अनि हरियाली मैत्री बिद्यालय बनाउने तुलसीपुर उपमहानगरपालिकाको निति अनुसार श्री आधारभुत बिद्यालय बेलझुण्डीमा पहिलो पटक यसरी बिरुवाहरु लगाईएको बिद्यालयका प्रधानाध्यापक ढक बहादुर वलीले जानकारी दिनुभयो ।

अहिले बिद्यालयमा १८ नं वडा कार्यालयको आर्थिक सहयोगमा फिल्ड निर्माण कार्य सम्पन्न भएको र तारबार अनि केहि ठाउमा वाल लगाउनेक काम पनि सम्पन्न भएको जानकारी दिदै उहाँले अहिले कुल ४ लाख ७७ हजार २ सय ४८ रुपैयाँ बराबरको काम गरेको तर बिद्यालयलाई ३ लाख ७९ हजार ९ सय ३२ रुपैयाँ मात्र प्राप्त भएको जानकारी दिनुभयो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्