आरधना र सदिक्षाले गरे आमाको किरिया



तुलसीपुर
छोरीहरु किरिया बस्नु हुँदैन्, भन्ने मान्यता हाम्रो समाजमा अझै पनि प्रचलित नै छ त्यस सोचाइलाई तोड्दै दाङमा दुई छोरीहरु आफ्नो आमाको किरिया गरिरहेका छन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ जसपुर निवासी ४० बर्षीय आमा तारा बिकको निधन पछि उनकी दुई छोरीहरु १८ बर्षीया आरधना र ११ बर्षीया सदिक्षा आमाका काजकिरियामा बसेका छन् । छोराहरुले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै तीन छोरी मध्ये जेठी र माईली छोरी किरियामा बसेका हुन् ।

आमा बिकको १५ गते सोमबार निधन भएको र किरिया गर्ने कोही नभएपछि छोरीहरुले नै दागबत्ति दिएका हुन्, किरिया पनि छोरीहरुले नै गरेका छन् ।

आमा ताराको मंगलबार सीतलपुर घाटमा अन्त्येष्टी गरिएको हो ।ताराका श्रीमान् हिरालाल बि क बैदेशिक रोजगारीको शिलशिलामा साउदी गएको र हाल उनी घर आएको केहि दिन पछि उनकी श्रीमतीको निधन भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्