दाङका तीन स्थानमा मुख्यमन्त्री ग्रामीण बिकाश कार्यक्रम



दाङ।
मुख्यमन्त्री ग्रामीण बिकाश कार्यक्रम दाङ का ३ वटा गाउपालिका मा सन्चालन हुने भएको छ । दाङ का बबईगाउपालिका राजपुर गाउपालिका र बङगलाचुली गाउपालिका मा कार्यक्रम सन्चालन हुने दाङ जिल्ला कार्यक्रम सहजकर्ता श्रीधर कुमार राजभण्डारीले बताउनु भएको छ ।

आर्थिक तथा सामाजिक सुचकका आधारमा कमजोर देखिएका समुदाय घरपरिवार वा ब्यक्तीहरुको गुणस्तरीय सिक्षा स्वास्थ रोजगारी आयआर्जनका अवसरहरु तथा सामाजिक सरक्षणका कार्यक्रम मार्फत जीवनस्तर सुधार गरि गरिबी निबारण गर्ने उद्देश्य ले कार्यक्रम सन्चालन हुन लागेको बताइएको छ ।

कार्यक्रम ले गरिबी को समस्या बाट आक्रान्त असहाय जेष्ठ नागरिक एकल महिला बालबालिका र अपाङ्गता भएका घरपरिवार , दलित पिछडिएका समुदाय तथा कुनै घटना बाट घरबार बिहिन भएका परिवार लाई सिक्षा स्वास्थ तथा क्षमता बिकास तथा सिपमुलक तालिम सन्चालन गर्ने ,रोजगारी तथा स्वरोजगारी श्रीजना तथा आयआर्जन तथा अभिबृदी का कार्यक्रम हरु सन्चालन गरि अति बिपन्न परिवारलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

एउटा गाउपालिका मा करिब ४५ लाख बजेट को कार्यक्रम हरु गरिने भन्डारी ले जानकारी दिनु भएको छ । उहाले आज बबई गाउपालिका मा कार्यक्रम को बारेमा जानकारी दिदै कार्यक्रम अब छिटो सुरु हुने बताउनु भएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्