आमाको किरिया बसेका छोरीहरुलाई आर्थिक सहयोग



दाङ : तुलसीपुर ११ जस्पुरका २ किरियापुत्री छोरीहरूलाई तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्। जनप्रतिनिधिले आमा तारा विकको मृत्यपछि किरिया बसेका छोरीहरू आराधना र सदीक्षालाई घरमै पुगेर नगद १६ हजार ३०५ रुपैयाँ सहयोग गरेको हुन्। नगर उपप्रमुख माया आचार्यले उक्त सहयोग रकम हस्तान्तरण गरेकी हुन्।

 

उपप्रमुख आचार्यले दुई बालबालिकालाई शिक्षामा उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइन्। छोरीले किरिया बस्नु हुन्न भन्ने गलत सामाजिक मान्यतालाई बदल्ने सहास देखाउने किरियापुत्री बालिकाप्रति सबैले सम्मान व्यक्त गर्नुपर्ने उपप्रमुख आचार्य बताइन्। ४० वर्षीया तारा विकको दमका कारण मंगलबार मृत्यु भएपछि दुई छोरीहरू आराधना र सदीक्षाले दागबत्ती दिएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्