श्रीमती र छोरी वेपत्ता भएपछि मिडिया गुहार्दै श्रीमान, भन्छन् प्रहरीले पनि साथ दिएन, भिडियो सहित



दाङ तुलसीपुर उपमहानगरपालिका १० कि सुशीला खड्का हराएको करिव दुई महिनासम्म पनि फेला नपर्दा परिवार चिन्तामा परेको छ । गत कार्तिक २७ गते बेलुकाको समयमा घरबाट निस्किएकि सुशीला अहिलेसम्म पनि परिवारको सम्पर्कमा नआएको हुनाले खोजी गरिदिन सुशीलाका श्रीमानले आग्रह गरेका छन् ।

दुई सन्तानकि आमा सुशीलाले पाँच बर्षिय छोरी पनि साथमा लिएर गएकि छिन् । घरमा उनको ११ बर्षको छोराले बाबा मामु कहिले घरमा आउनुहुन्छ भनेर वारम्वार प्रश्न गर्दा परिवार अझ छटपटिमा परेको छ । तीन बर्ष बैदेशिक रोजगारिको शिलसिलामा मलेसिया बसेर साउन महिना मात्रै श्रीमान घर आएका थिए ।

तर त्यसको करिव तीन महिनापछि श्रीमति वेपत्ता हुँदा परिवार आश्र्यमा परेको छ । श्रीमानका अनुसार विवाह भएको नौ बर्ष वितिसकेपनि श्रीमन–श्रीमति बिचमा कुनै पनि खटपट भएको थिएन ।

यसैबिच सुशीलाकि आमा कुमारी पिमा ओली केसीले पनि छोरीको खोजी गरिदिन आग्रह गरेकि छिन् । पिमालेकार्तिक २७ गतेदेखि छोरी बेपत्ता भएको र अहिलेसम्म कतै पनि फेला नपरेकाले खोजी कार्यमा सहयोग गरिदिन प्रहरी प्रशासन, अधिकारकर्मी, पत्रकार सबैमा आग्रह गरेकि छिन् ।

पीमाले भनिन्, ‘प्रहरी प्रशासन गुहार्दा पनि सुनुवाई भएको छैन, घरमा नाति अलपत्र परिरहेको छ ।’ छोरी खोज्नका लागि इलाका प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरी कार्यालय घोराही धाउँदा धाउँदै हैरान भएको भन्दै बाध्य भएर सञ्चारको शरणमा आएको भन्दै आमा कुमारी पिमाले फेला पार्नेले ९८४७८१३२७० मा सम्पर्क गरिदिन सबैमा आग्रह गरेकि छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्