मेरो मनको ढोका अझै पनि खुल्ला छ ( पर्खाइ )…..



देवी भण्डारी ।

 

त्यो एक दिन जुन दिन मेरो लागी नया मान्छे संगको परिचय भएको थियो । साच्चै त्यो दिन मेरो लागी खास बनेको थियो । साच्चै भनौ भने त्यो दिन कता कता डर लागेको थियो ।

म यो मान्छे सगं कसरी बोल्न पुगे नयां नम्वरबाट कल आउदा डरलान्ने मलाई आज अपरिचित मान्छेको म्यासेन्जरमा आएकोे कल रिसीभ गरेकी छु ।

दिनहरु वित्दै गए एक दिनको २ मिनेटको फोनमा कुराकानी के भएको थियो दिनहु च्याट गर्ने बनायो । उस्को नाम चन्द्र रहेछ तर फेसबुकम भने उस्को नाम अर्कै थियो ।

चन्द्रः हाई
गिताः हेल्लो हजुर नमस्कार
चन्द्र – सन्चै हुनु हुन्छ ।
गिता – उम सन्चै छु अनि तपाई नी
चन्द्र- म ठिक छु
यसरी दिनहु जसो कुरा हुने हामो एक दिन बोलिएन भने के भए होला भन्ने प्रश्न मनमा आई रहने साच्चै यो के थियो त । एक्ले अर्काे प्रति आकर्षण या माया बुझन सकिरहेबे थिएन । यस्तै यस्तै च्याट भईरहन्थो ।

यतिकैमा एक दिन उस्ले मलाई सोध्यो कतिमा पढ््नु हुन्छ । म पनि के कम एस एल सी मात्र भनिदिए उस्लाई के लाग्यो कुन्नी विस्वास नै गरेन ।

फेरी पश्न गर्यो हाईन होला ? महिले पनि गफैत हो भन्दै एस एलसी पछि पढाई निरन्तर गरिन अव लैजाने योजनामा छु । २०७४ कार्तिकबाट सुरु भएको हाम्रो कुराकानी निरन्तर चलिरहेकोे थियो ।

यस्तैमा उस्ले मलाई १ दिन भिडियो कलमा बोल्न अनुरोध गर्यो मैले नाई भन्ने कुरै थिएन किनकी मलाई पनि उस्लाई देख्ने आसा थियो । मैले पनि अहीले मील्दैन अफीसमा छु पछि है भने, उस्ले पनि नाई भनेन ।

त्यसै दिन साझ ६ बजेको थियो म अनलाईन मै थिय । उस्को कल आयो म निकै खुसी थिय , खुसिसंगै कता कता डर लागेको थियो । मैले अनुहार थौरै देखाउदै कुरा गरे ।

चन्द्र – कीन डराको अनुहार त देखाएर बोलन
गिता- डर लागीहाल्छ नी पहिलो पल्ट यसरी अन्जान मान्छे संग भिडियोमा बोल्दै छु ।
चन्द्र – डराउनु पर्देन म तेही आउनेत होईन नी ,जीस्कदै भन्यो
गिता- मलाई जिस्काको मन पर्देन है , फुर्सस नी छैन , मैले फोन राख्दिय
चन्द्र :-एकै छिन बोलन
गिता- मलाई हजुरले एक छिन भन्नु भको थियो , म बोली सकै वाई म विजी छु ।
यति भन्दै महिले फोन काटे
उस्ले म्यासेज पठायो

-चन्द्र – साच्चै मैले सोचे भन्दा राम्री रहेछौ तिमी
गिता –उम होला खुबै यति नभने पछि पेरी बोल्दीन भनेर फुर्काको त होे मलाई थाहा हुदैन र केटा मान्छेहरु कसरी बोल्छन भनेर
चन्द्र – होईन तिमीे छौ नै राम्री महिले कीन र्फुकाउनु के
गिता –भयो हजुर भयो अव म राम्री भए पनि नभए पनि के भोत देख्नु भयो सकियो
म अफ भाको वाई,

यस्तै यस्तै क्राहरु दिनहु हुन थाल्यो । १ महिना भएको थियो
उसको म्यासेज आयो आई लभ यु , मलाई कता कता डर लागेको थियो । कीन लाग्यो त्यो डर थाहा छैन । मैले उस्लाई रिप्लाईनै दिईन । कीनकी मनले यो मान्छेले पछि मलाई यो भन्छ है भन्ने पहिले नै लागेको थियो ।

उस्का म्यासेजहरु धैरै आए मलाई जवाफ खोई भन्ने महिले नि मुना थापको स्वरमा रहेको गित ,( आज सम्म आवश्यक ठानीन आई लभ यु को उत्तरै जानीन ं) भन्ने गित लाई रेकर्ड गरेर पठाए।

उसले सुनेर भन्यो या नसुनी के पठाको भनेर सोध्यो । जे बुभःनु भयो तहि पठाए महिले जवाफ दिए। सायद मलाई मन परेन होला उस्को त्यो प्रश्ताप मैले पनि विस्तार लगाए मलाई यो लभ सभ चक्करमा पर्नु छैन । त्यो पनि तपाई नेपाल वाहिर हुनु हुन्छ । म उमेर पगेको छोरी घरमा विहेको कुरा होला ।

अन्जान मान्छेसंंग त्यो पनि फेसबुकमा माया लाउने र समय बर्वाद गर्ने पक्षमा म छैन तै पनि , भोलि तपाई घर आउनु होला परिवारमा कुरा होला विहे गर्ने कुरा अलग हो । तर यो माया लाउनी काम म बाट हुदैन । तपाई नेपाल आउदा सम्म म विहे नगरी बसेछु भने सोचौला । मैले जवाफ यति दिए ।

चन्द्र- कीन यस्तो भन्छौ के तिमी ,
गिता- अनि के भनौ के म माया गर्छु तपाई विना म मर्छु भनौ, तपाई के सोच्नु हन्छ मलाई थाहा छैन तर मलाई माया गर्छु तिमि विना मर्छु भन्नेहरुले माया गर्छन जस्तो लाग्दैन ।

चन्द्र – हन्छ हजुर , मलाई थाहा छ तिमी मलाई विस्तारै माया गछौ तिम्रो मन जितेरै छोड्छु । उस्ले अडान लियो
गिता – त्यो मेरो समस्या होईन , तपाईको हो

यसरी दिनहरु वित्दै गए कुरा भैरहे मलाई पनि उ आपनै लाग्न थालेको थियो । उस्लाई नभने पनि मेरो मनले मन पराउन थालेको थियो । कुरा भएको ३ महिना भएको थियो ।

प्रेम दिवस नजिकीदै थियो । मलाई पनि उसको परिक्षा लिनु थियो । मेलै पनि त्यो दिन अफिसमा छुटि लिएकी थिए । कलेजमा काम परेको थियो ।

म कलेजमै थिए । त्यो दिन म अनलाईनै वसीन मलाई लागेको थियो । साच्चै माया गरेको हो भने कोरिया बाटै फोन आउछ । बैदेसिक रोजगार अर्काको काम गर्नु पनि कहा सजिलो थियो र । प्रेम दिवसको दिन उसको दिन अनि रात डवल डिउटि रहेछ ।

दिउसो खाना खाने समय नेपालको १ः३० मा उस्ले फोन गरेको रहेछ । म काम मै थिय, १२ बजे सम्म नगरेको फोन अव गर्छ होलार भने फोन व्यागमा राखेर काम गरिाको थिए , यसो फुर्सद भएको बेला फोन निकाले उसको फोन आएको रहेछ । ५ औ पटकमा फोन रिसीभ गरे ।

चन्द्र – कहा हराको तिमी , हेप्पी भ्यालेनटाईन डे , सन्चै छौ , मत आज धेरै विजी भए काम नि डवल छ , (उस्का प्रश्न एकै चोटी निस्किए)
गिता- सेमटु यु , सन्चै छु । झुट बोल्न मन लागेन , कलेजमा काम थियो विहानै आको यतै छु ।

चन्द्र – मलाई त आज डेटिङ गयौ जस्तो लाागेको अनलाईन पनि थिएनौ ।
गिता-अरु सबै सकियो बाकी तेहि छ , यति विश्वास छैन भने किन फोन गरेको त ,

चन्द्र –नरिसाउन रमाईलो गरेको , आपनो ख्याल गर , बस म काममा जानलाको वाई वाई लभ यु
गिता –हस वाई , यो दिन पनि महिले उस्लाई आई लभ युु को जवाफ दिएन ।
तेहि दिन साझ उस्ले म्यासेज पठायो

चन्द – आजको दिन त रिप्लाई देउन
गिता –समय आए पछि म आफै भन्छु भनि दिए।
समय वित्दै गयो म पनि मान्छेन हो मन हो पग्लिकाल्छ नि , धेरै पटक उसको अनुरोध अनि उस्को वारे धेरै कुरा जानेपछि मलाई पनि मनको कुरा भन्न मन लायो ।

तर उसको मन चोर्न अझै पुगेको थिएन । उस्लाई सोधे आज भोली हामी माया लाउला भोलि तपाईको परिवारमा हुदैन भन्नु भयो भने के गर्नुहुन्छ ।

उस्ले भन्यो , तिमी कीन पिर गरेको अहिले सम्म परिवारको भरोसा तोडेको छैन । घरमा मैले कुरा राखे विश्वास गर्नुहुन्छ । तेस्तो हुदैन । तिमी ढुक्क वन ।यति भनेपछि मन पराउछु भनदिए । उ निकै खुसी मुद्रामा बोलिरहेको थियो । तर म हजुर नेपाल आएर नभेट्दा सम्म भने तपाईको भर नै त परर्दिन है , मान्छै नै नदेखित माया लाउदिनके म ,तपाई राम्रो लाग्छ मात्रै भनेकी हु

उस्लै हास्दै हुन्छ भन्यो यसरी दिनहरु रमाईलो कुराहरुमै वित्दै थियो । उ नेपाल आउने समय पनि नजिकदिै थियो । जेष्ठ १८ गते उस्को जन्मदिन रहेछ ।

अघिल्लो दिनमा नै फेसवुकमा देखायो । अलि पहिला पनि उस्को उमेर सोधेको बेला भनेको थियो । मलाई मन थियो जन्म दिनमा मनै उस्लाई पहिला उईस गर्छु ।

साथिलाई सबै कुारा सेयर गरेको थिय । साथिलेनै मलाई राती १२ बजे उठाएको थिन । १२ वजे नै उईस गरेको थिय । फोन गर्नलाई मन लागेन म्यासेन्जरमा नै म्यासेज पठाएर जन्मदिनको सुभकामना दिइकी थिए ,मेरो पछि साथिले पनि उस्लाई सुभकामना दिएकी थिईन । अनि सुतैका थियौ ।

जव विहान भयो पहिला मोवाइर्ल नै हेरै अनि फेसबुक खोले उस्को म्यासेज आएको थियो । धन्यवाद हजुर सम्भिनु भएको रहेछ । आज दिनमा डिउटि छ साझ कुरा गर्छु है ।

अरु प्रसंगमा मलाई तिमी भने पनि उस्ले म्यासेन्जरमा कुरा गर्दा सधै हजुर तपाई नै भन्ने गर्दथ्यो । मलाई पनि निकै खुसी लाग्थ्यो ,उस्ले हजुर तपाई भन्दा कीनकी बोलेको दुई दिन नहुदै तिमी त भन्नेहरु मात्र देखेकी थिए ।

मलाई लाग्थ्यो उस्लाई नारीको सम्मान गर्ननी आउदो रहेछ भनेर , अरुले गरेमा माया प्रेमका कुरा सुन्दा गलत लाग्ने मलाई उसले कहिले त्यस्तो व्यवहार गरेन । सधै हाम्रो माया प्रेमका भन्दा पनि घर परिवार , समय परिवेसका कुराहर धेरै हुन्थ्ये । जति कुरा ह्न्थ्यो हाम्रो म्यासेज मै धेरै हुन्थ्यो ।

फोन भने कमै हुन्थ्यो , कहिले काही मलाई लाग्थ्यो , कहिले फोन गर्देन मान्छे त अलि लोभी नै हो की के हो ? अनि फेरी आफै जवाफ दिन्थ्ये कमाउने मान्छेलाई पैसाको महत्व हुन्छ ।
यसरि नै दिनहरु वितिरहे असार २० गते भोलि म नेपाल आउदै हु उस्ले मलाई म्यासेज पठायो ।

गिता- कति बेला हिड्नु हुन्छ
चन्द्र – नेपालको १ वजे तिर
गिता- अनि त्यहाको एरर्यपोट सम्म जान कति लाग्छ , पेलेनबाट नेपाल आउन कति लाग्छ नी
चन्द्र – ३ घण्टा एरर्यपोट जान अनि , सिधै नेपाल नभएर सिङगापुर हुदै आउदै छु अलि समय लाग्छ ।
गिता –केहि छैन जसरी सहज हुन्छ तेसरी हिड्ने त हो , आपनो ख्याल गर्नुहोला , राम्रो संग आउनु होला , नेपाल आईपुग्नु भयो भने खवर गर्नु है ।

उ कोरिया हुदा सम्म हाम्रो कुरा कानी यति भएको थियो । ३ दिन पछि नेपाल आएर मलाई म्यासेज गर्यो म काठमान्डौ आईपुगे है , लास्ट थकाई लागेको छ । म पछि फोन गछु मैले तिमीलाई एन सि एल नंम्वरबाट मिस्कल गरेको छु ।

मलै पनि हुन्छ भने , मन मानेन एक पटक म आफै फोन गरे , उस्ले म बैङकमा आको छु पैसा सटहिको लागी पछि फोन गर्छु है ।

काममा भए पछि के कुरा गर्नु मैले पनि हुन्छ । भन्दै फोन राखे । ५ बजेको थियो उस्को फोन आयो , म हिडेको है ए ल सुभयात्रा हैत हजुर , यो पटक भने उस्ले मलाई पल पलको खवर गर्न थाल्यो । त्यो दिन राती १० बजे पनि उस्कै फोन आयो

चन्द्र – के छ खवर सुति सकेउ हाला है
मेरो पनि त्यो दिन अलि ढिला खाना भएको थियोे ,
गिता – छैन सुतेको खाना खादैछु ।
चन्द्र – होर म पनि खाना खान लाको छु
गिता- संगै भएछ त है
फोनमा कुरा गरे पनि धेरै समय कुरा नहुने हाम्रो ,खाना खाउ है म पनि खादै हु वाई भन्दै उस्ले फोन राख्यो । म पनि खाना खाए सुति हाले ,
विहान ४ बजेको रहेछ म निद्रा मे थिए उसको फोन आयो

गिता-हल्लो निदा्रमै भाको आवाज परक भै हाल्ने
चन्द्र – सुतेको छौ म घोराही आईपुगे है
गिता – होर
चन्द्र – सुत सुत तिमी निद्रा मै छौ तिम्रो नजिक आएको भएर सम्झेको
गिता- हून्छ भन्दै फोन राखे

घरमा पुगे पछि फोन गर्ने त कुरै थिएन । म्यासेज आयो

चन्द्र –म घर आईपुगे है । आमा दाजु भाउजु सव मन्दिर जानु भएको रहेछ । खान पकाउदै छु ।
मलाई खई किन हासो लागेर आयो ।
गिता – हास्दै होर , पकाउनु बाबलाई मिठो बनाएर खुवाउनु
चन्द्र –जागर नलागेको बेला तिमी नजिस्काउ त मलाई
गिता – आउनु न त घोराही म बनाउछु खाना ,
चन्द्र – भयो हजुर पर्देन म आपैm बनाउछु , खाना खाएर बजार जानु छ ।
गिता –हस हजुर

उ नेपाल बाहिर हुदा देखी सुरु भएको उस्को र मेरो कुराकानी उ नेपाल आए पछि पहिलो भेट असार २६ साच्चै उ कति खुसी थियो थाहा भएन तर म निकै खुसी थिए ।

तेती बेला सम्म लाग्दैनकी म उस्लाई प्रेम गरिरहेकी छु । किनकी म यो माया जाल फसाउने अनि फस्ने खेल मात्र हो समय संगै सबै टाढिनछन भन्ने बुझेकी थिए ।

उस्को घर तुल्सीपुर अनि मेरो बसाई घोराही निरन्तर भेट सम्भव पनि थिएन । असार २४मा घर आएको उ मलाई भेट्न २६ गते नै घोराही आयो ।

मलाई लागेको थिएनकी उ मलाई भेटन आउछ भनेर । फोनमा भने खास्कै कुरा नहुने हामो त्यो दिन उस्को फोन आयो । म सानो कामले घोराही आउदैछु भेटम है तिमीलाइ समय कस्तो छ । धेरै समय त छैन तैपनि हजुरलाई फुसर्दहुदा खवर गर्नुन मिलाउला नी मैले यती भने दिउसो ३ बजे उस्को फोन फेरी आयो ।

चन्द्र – हेल्लो कहा भेटम भनन
मेरो नजिक पर्ने घोराहीमा रहेको डिलाईट होटल थियो
गिता – डिलाईट होटेल

एकै छिनमा उ आयो र मनि साथि लिएर गए कीनकी यस्लै केटा मान्छे भेट्ने मेरो बानी थिएन । होटेल नजिक पुग्यौ उस्लाई मैले टाढाबाट दखे मनमा खोई किन डर लागेर आयो उस्ले नै पहिला नमस्कार गर्यो ।

सोचे कीन नमस्कार गरेको हालो मलाई आफै उत्र दिए अरु बोल्ने ठाउ पाएन होला तेसैले गरेको गरेको होला नी । तेतिकैमा होटेल भित्र पस्यौ ३ नै जना उ एक्लै आएको थियो । असार पानी पर्ने महिना भए पनि घाम चर्काे र गम्ी निकै थियो ।

निकै पसिना छोडेको थियो उस्ले फ्यानको नजिकै बस्यो । के खाने भन्ने कुरा भयो । महिले भरखार खाजा खाएर आको हजुरहर खानुन भने । अनि मेरो साथी पनि जिदी के फेरी नखाएर हुन्छ । नखाने भए यहा कीन आको भन्न थालिन अनि मःम खाने कुरा भयो । जिस्काउदै साथिले मःम ले मात्र काहा हुन्छ ।

बाहिरबाट आएको पार्टी त टन्नै खानु परयो नि भन्दै जिस्काउन थालिन । के के खान मन छ भनन उस्ले जवाफ दियो । गर्मी थियो लस्सी खाने कुरा भयो ।

त्यो भेट पहिलो भएर हो या के हो ?उ निकै लजाएको थियो । कहिले बोकेको व्यागको पित्ता समाथ्यो , कहिले मुसुक्क हास्दै मतिर नजर लागाउथ्यो । यसरि केटा मान्छेहरु पनि लजाउदा रहेछन भन्ने मलाई पहिलोृ पटक फिल भएको थियो ।

उ निकै राम्रो र हेनसम थियो । मैले कल्पना गरेको भन्दा पनि राम्रो थियो । करिव आधाघण्टाको भेट थियो हामो म पनि अफीस बाट आएको थिए । केही समय पछि म अव निस्कियौ है , हुन्छ भन्ने कुरा भयो । सबै बहिर निस्कीयौ साथि कोठातिर लागीन अनि उ र मसंगै अलि तल सम्म गयौ ।

उ दिदिको घरमा जाने रहेछ । मेन रोड सम्म संगै गयौ अनि उ पुर्व लाग्यो म अफीस जाने बाटो लागे । त्यो दिन हामो फेसवुकमा पनि धेरै कुरा भएन । दिदिकोमा पुगेर म्यासेज आयो
चन्द – म आईपुगे है ।
गिता- होर
चन्द्र- अनि म कस्तो लाग्यो त
गिता- राम्रो हुनुहुन्छ , मैले सोचे जस्तै तर अलि लजाउनु भाको थियो । म कस्ती लाग्यो त
चन्द्र- हाहाहा होर यसरी केटीसंग पहिले भेटेको थिएन नि, साच्चै राम्री लाग्यो ।
गिता – धनयावाद हजुर , अनि भोलि कती बेला फर्कीनु हुन्छ ।
चन्द्र – विहान १० बजे हुन्छ होला
गिता – होर
चन्द्र – कीन नी
म यतिकै
चन्द्र –यतिकै त होईन होला भनन
गिता – मनि भोलि तुल्सीपुर जादैछु त्यसैले
चन्द्र –आहो होर त्यसो भए मलाई पर्खेउ है
गिता- म विहानै जानु पर्नेछ
चन्द्र – मिउन मिल्छ भने
गिता – हुन्छ

संयोग भनौ या के भनौ विहान जाने मान्छे म काम पर्यो ११ बज्ने भयो । उ दिदिको घरबाट १० बजे नै घोराही आएछ म अनलाईन मै थिए म्यासृज आयो ।

चन्द्र –काहा छौ
गिताः-घोराही मै छु काम छ ११ बजे सम्म
चन्द्र – होर म पर्खिय है
गिता- हजुरको काम छ होला जानुन
चन्द्र –नाई म पर्खेके छु
गिता – हुन्छ
११ बज्यो काम सक्कायर हतार हतार तुल्सीपुर चोक तिर लागे । उ पर्खि रहेको रहेछ । बस आयो बसमा चड्यौ । हामी चडेको बसमा उस्को ठुली आमाको छोरा दाजु पनि हुनुहुदो रहेछ ।

मलाई थाहा थिइन उस्को दाई पनि बसमै हुजुहुन्छ भनेर , उस्लाई पनि थाहा रहेनछ । उस्ले हतार हतार गोजी बाट मोवाईल निकाल्यो र मलाई मोवाईल हेर्न इसरा गर्यो ।

मैले पनि मोवाई ब्यगबाट निकालेर हेरे । उस्को म्यमसेज आएको थियो । अगाडि मेरो दाई हुनुहुन्छ म संग तिमी नबोल है , म मुसुक्क हस्दै हुन्छ भन्ने म्यासेज पठाए ।

उनीहरु गफ गर्दे थिए म बसको झयाल तिर बसकी थिए । वाहिरी वातावरणमा नजर डुलाउदै मनमनमा के के कुरा सोच्न थाले । मलाई कीन नबोल भनेको होला अन्जान नै थियो अन्जान नै बनेर पनि त बोल्न सकिन्थ्यो होईनर । मलाई पनि सजिलो भयो । नवोल भनेपछि । मुखमा माक्स लगाएर उनीहरुका गफ सुन्दै , थिय गाडिको सहचालक भाडा उठाउदै आयो ।

तिनै जनाको भाडा उसैले नै संकेत गर्दे दियो , मलाई मज्जाले हास्न मन थियो तर मन मनै हासेर चित बुझाए । १ घण्टाको बाटो तुल्सीपुर पुग्यौ । माथिको चोक मै दुवैजना झर्नु थियो ।

उस्ले मलाई गाडीबाट झर्न इसरा गर्दे आफु सरासर हिडि र्हयो । मनि झर्नु पर्ने त्यहि थियो । अलि ढिला गरि झरे उसको दाई भने बसपार्क सम्म नै पुुग्ने काम रहेछ , झर्नु भएन

गाडी बसपार्क तर्फ लाग्यो मनि हिड्दै थिय तुल्सीपुरको घोराही चोक बाट तल जानु थियो म तेतै लागे थोरै तल पुगेको थिए। उस्ले मलाई पर्खेको रहेछ ।

म नजिक पुगे तुल्सीपुरमा रहेको एकान्त होटेल सम्म संगै गयौ । उ त्यहीबाटो सरासर लाग्यो । म भने चोक देखि पुर्व लागे । हाम्रो दोसा्रे भेट पनि निकै यादकार र रमाईलो भयो ।

साच्चै भन्ने हो भने अविस्मरणिय थियो उस्को र मेरो दोस्रो भेट १ घण्टा एउटै सिटमा बसेका हामी एक शब्द नवोली तुल्सीपुर पुग्नु , अहिले पनि त्यो पल सम्झिदा एक्लै भएपनि मज्जाले हास्न मन लाग्छ । हास्छु पनि कहिले काही यहि कुरा उठाएर उ र म विच पनि रमाईलो कुरा कानी हुन्छ ।

एक्ले अर्काेलाई खुव माया गर्ने हामी फोनमा भने कहिले बोलेनौ फोन कल कै कुरा गर्ने हो भने लामो कुरा भएको १३ मीनेट याद छ मलाइृ होईन भने ५ मिनेट पनि कहिले पुगेन हप्तादिनमा फोनमा कुरा हुने हाम्रो तै पनि धर परिवार र समय परिवेसका कुरा हुन्थे कहिले काही त उस्लाई महिले प्रश्न पनि गर्थे हुजरलाई मसंग बो्लन मन लाग्दैन भनेर उस्ले सहजै भन्थ्यो , लागेर के गर्नु यति ठुलो मान्छेले केटीसंग परिवारको अगाडि बोल्न गारो नै हुन्छ ।

घर गयो बाबा आमा छोराले कस्लाई फोन गर्छ भन्ने हुन्छ पसल बस्यो , स्टाफहरुले अंकलको त लभ परेको छ भन्छन भन्ने डर , मलाई मज्जाले हासो लाग्थ्यो उसको कुरा सुनेर ,

अहिले पनि हामी विच कुराकानी भई रहेकै छ । नेपाल फर्केर पनि ठुलो व्यापारी बनेको छ। कहिले काही उस्लाई प्रश्न गर्छु अव त सबै कुरा हजुरको चाहाना अनुसार नै भाको छ ।

के विचार गर्नु भाको छ त भनेर ,योसाल भरि विहेको योजना बनाको छैन,होर ठिकैछ कहिले योजना बन्ने होत हजुरको मैले विहे गरि सकेपछि , यस्तै भनिदिन्छु मन नलाई नलाई भए पनि किनकि म छोरी मान्छे हु घरमा विहेको कुरा आई रहन्छ । पहिले पो उमेर पुगेको छैन भन्दै टार्थे ।

अव त्यो गर्न पनि मील्दैन । परिवारको चाहाना र मेरो भावी जिवनको बारेमा सोच्नै पर्नेु हुन्छ । उस्लाई पनि सुनाउछु यस्ता कुराहरु कति सजिलै भन्छ । मेरो परिवारले मान्दैनन भनेर रत रिस उठ्छ बोल्दै बोल्दिन भन्छु , मन काहा मान्छर , मन दुखाई दुखाई आर्दशका कुरा गर्दै ठिकै छ ।

नाता जोड्दा परिवार खुसी छैनन भने , त्यो नाता जोड्नु पनि राम्रो होईन । उस्को जवाफ ठिकै भनेउ भन्ने आउछ ।
पहिला उस्ले नै मलाई तिमि कीन पीर गर्छाै नाता नै जोड्न नमिल्नेसंग त कुरा गरेको छैन नी , कुरा गरे पछि पुरा गर्नु मेरो कत्व्र्य हो भन्ने माान्छेले आजकाल घरमा मान्नुहुन्न होला , मनाउने कोसीस गरेकै छु तर खै हुन्न होला भन्ने जस्तो उत्तर आउछ ।

कमसेमक पछि जे सुकै भए पनि अहिलले मलाई सान्त्वना दिनकै लागी भएपनि म घरमा मनाएर छोड्छु तिमी मेरो भर परेर बस , यदि परिवारमा मान्नु भएनछ भने नि मन परेको मा्न्छे हौँ तिमी परिवारको विपरित भएर भएपनि तिमीलाई आपःनो त बनाएरै छोड्छु भन्न नी नसक्ने उसको वानी देखेर कहिले काही रिस उठेर आउछ , अनि अव अलि बोल्न कम गरम पछि मलाई भुल्न त सजिलो होला भन्दा पनि हुदैन यस्ता टेन्सन हुने कुरा नगर त तिमी भन्छ ।

खै केछ उस्को मनमा नत आपनो बनाउछु भन्ने नत टाढियौ म संग भन्ने बुभःन सकिरेको छैन ,आफु नि दोधार अनि मलाइृ पनि दोधारे नै बनाको छ अहिले आएर उस्ले ।

खै कहा गयो उस्को कर्तव्य , कहा गय होला आर्दसका कुरा , काहा गय मिति बाहेक अरु त सोचेकै छैन भन्ने वाचा , के मेरो गल्ती उस्लाइ विश्वास गनु नै थियो त ।साच्चै विश्वास गर्नु मेरो गल्ती हो भने केहि छैन उस्लाई प्रेम गरेको छु , उसको खुसी चाहा्रन्छु , मत कसैंग नाता जोडेर नया घर नया मान्छेको भिडमा पुगिहाल्छु ।

सायद समयसंगै विर्सदै पनि जान्छु होला , पहिले मलाई लाग्थ्यो जे भने पनि हामी नजिक पक्कै हुन्छौ भन्ने अव भने मलाई पनि विश्वास लागेको छैन उ प्रति ,उस्ले सधै म कुरा गरेको छु मीलाउदै छु भन्ने कुराहरु गर्छ , विवाह नाता साईनो जवरजस्ती हुुने कुरा होईन , उस्लाई आपनै विश्वास छैन भने मेरो कसरी विश्वास होस ।

अझै पनि केही भएको छैन उस्लाई मसंग नजिक हुनु छ भने समय छदै मलाई भन्दा पनि हुन्छ उसको लागी मेरो मनको ढोका सधै खुल्ला नै हुनेछ ।

लेखिका रेडियो स्वर्गद्वारी मा कार्यरत सक्रिय पत्रकार हुन ।


क्रमश…………

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्