विद्यालय समयमा शिक्षकलाई गेट भित्रै थुन



गोविन्द खड्का ।

रहर लाग्दा बच्चाहरु हुलका हुल कुँदिरहेको सबै शिक्षकलाई मन पर्छ । झ्याउँ झ्याउँ चिच्याउँदै पढ्ने बच्चाहरु गहनाको महशुस हुन्छ । यति बेला केहि विद्यालमा शिक्षकहरु वच्चा नपाएर झिंगा हाक्दै बसेका हुन्छन् ।

तिनीहरु विद्यालय समय १० देखि ४ बजे सम्म अडिन सक्दैनन् ।
जो सुकै शिक्षकहरु वालविकास मावि घोराही गेट भित्र पस्यो भने हररर जाँगर आउँछ होला ।

मावि डाँगा गाउँ गोग्लीका प्रधानाध्यापक शतिश कुमार आचार्यले ५८ औँ वार्षिक उत्सवमा थोरै पुँजी, न्युन आय श्रोतमा गरिएको बृहत प्रगति भनेर टिप्पनी गर्नुभयो । उहाँ टाढै बाट वार्षिक उत्सवमा सहभागि हुनुको कारण ठुलो मान्छ बन्न होईन, सिक्नका लागि थियो । आचार्यलाई आफुले गरेको काम र वालविकासले देखाएको परिवर्तन तुलना गर्नुथियो ।

डाउँगाउँ पनि कमजोर विद्यायलय होईन । विद्यालय समय शुरु संगै मुख्य गेट बन्द गरीन्छ । प्रअ आचार्यका अनुसार शिक्षक पनि पस्न पाउँदैन । बाहिर जानपनि अनुमति चाहिन्छ । समय गुजारेर भित्र भने पाउँदैन । विद्यालयको अनुशासन हो । त्यसलाई कर्तव्य सम्झिनुपर्छ ।
पाले राखेर मुख्य गेट बन्द गर्ने नियम वालविकास माध्यमिक विद्यालयले पहिले देखि नै लागु गरेको छ । शुभप्रभात माविले भर्खरै प्रयोगमा ल्याएको छ । प्रधानाध्यापक रुद्रबहादुर बुढालाई विद्यालय समय सम्म विद्यार्थी होईन शिक्षक अड्याउन मुश्किल भएको छ ।

दश बजे देखि चार बजे सम्म बस्नुपर्छ भन्दाकेहि शिक्षक आश्चर्य व्यक्त गर्छन् । तिनलाई अनौठो र नयाँ नियम जस्तो लाग्छ ।

कहिँ नलागेको नियम, अहिले सम्मका हेडमाष्टरले नचलाएको चलन भनेर आलोचनामा उत्रिन्छन् । यस्तो विजोग अन्तका विद्यँलमा पनि छ ।

हाम्रा सरकारी विद्यालय असफलता तिर उन्मुख हुनेको मुख्य कारण तलव खाएका शिक्षक विद्यालयमा दश चार बजे सम्म बस्न नसक्नु हो । अनुपस्थितिले भौतिक शरीरको मात्रै अर्थ राख्दैन ।

जसको दिमाग विद्यालय समय स्कुल बस्नुपर्छ भन्ने छैन त्यसको सृजनशिल सोँच हुन्न । दिलै खोलेर कक्षा कोठामा विद्यार्थी संग हाँस खेल सहित रमाउन पनि सक्दैन । जब शिक्षक कक्षा कोठामा सन्तुष्ट भएर रमाउन सक्दैन तव बच्चाहरु भुल्ने कुरै हुँदैन ।

बच्चाहरु हरेक दिन नयाँ कुरा चाहान्छन् । कथा सुन्न खोज्छन् । चित्र कोर्न र हेर्न चाहान्छन् । आफ्ना विचार, भावना प्रस्फटन गर्ने थलो विद्यालय हो । हरेक का आफ्ना सोँच हुन्छन् । तिनलाई विकसीत गराउने शिक्षकको भुमिकाले हो ।

शिक्षक संग सैक्षिक सामग्री हुँदैन । जति जना बच्चा हुन्छन् त्यति बिचार बोकेका हुन्छन् । त्यतिकै घर परिवारको स्वभाव शैलि लिएका हुन्छन् । डिउटिमा नरहने शिक्षकको त्यसप्रति ध्यानै जाँदैन ।

सिकाई समुहले निकाल्ने पुस्तकहरुमा लेखिएको छ, शिक्षक पढाउँदा थाक्छन् उनिहरु घोडा बन्नुपर्छ । बाघ बन्नुपर्छ, कुकुर जस्तै भुक्नुपर्छ, पाठले मागेको गरेर देखाउनुपर्छ अनि मात्रै बच्चाले बुझ्छन् । यहाँका शिक्षक घरमा अरु अरु गरेर थाकेर पुग्छन र कुर्सिमा निदाउँछन् । त्यसको नतिजा हरेक बर्षका बार्षिक परिक्षमा घट्दो र एसइइमा लाजमर्दो हुन्छ ।

यता शिक्षकहरु विद्यालय समय पुरा का पुरा बस्न सक्दैनन् । कतिलाई पजा पाठ धर्मकर्म, साथि संगी आफन्तका कथा व्यथा, पात टिप्ने टपरी लगाउनेले पुरै दिमाग खाईदिएको छ ।

केहिमा संघ संस्थामा जान्ने बुझ्ने टाठा बाठो कहलिने र ठुलो मान्छे बन्ने नसा चढेको छ । खादा पहिरीने, माला लगाउने, भाषण गर्ने, प्रशिक्षण दिने, संघ संस्था मार्फत घुम्न जाने गर्छन् । तिनले आफु शिक्षक हुँ भन्न पनि लाज मान्दाहुन् । समाजमा तिनको परिचय शिक्षक भन्दा फरक छ ।

माष्टर भनेर बोलायो भने हिनता बोध गर्छन् । त्यसलाई उच्च ठान्छन् । फलानो स्कुलका माष्टर भन्दा हिनता बोध गर्छन् । अपमान गरेको सम्झिन्छन् । तर, उनिहरुले विद्यालयमा तलव खान भने अफ्ठेरो मान्दैनन् ।

केहि वर्ष मात्रै रक्सीखाएर आएका हेडसले तत्कालीन जिल्ला शिक्षा कार्यालयमा चर्तिकला देखाएका थिए । दिउँसो रक्सी खाएर विद्यालय जाने शिक्षकहरु अहिले पनि केहि विद्यालयमा भेटाउन सकिन्छ । त्यो भन्दा पनि खतरा शिक्षक तथा हेडमाष्टरको दिमाग अन्तै छ । उनिहरु कि त राजनीतिमा छन् । नेता बनेर झोला बोक्छन् ।

कि त संघ संस्थामा एकोहोरा लागेका छन् । विमा, मार्केटिङ लगाएत अनेकौँ लफडामा फसेका छन् । उनिहरुको मुख्य पेशा अरु अरु बन्दै छ । विद्यालयमा हाजिरका लागि उपस्थित हुन्छन् । समयमा विद्यालय आउने र कर्तव्य पुरा गर्नेले मात्रै विद्यालय सहि ढंगले सञ्चालन गरेका छन् ।

यसमा दोषी राजनीतिक दल र पार्टीहरु छन् । शिक्षकलाई भातृ संगठनमा पार्टीहरुले नै समावेश गराउँछन् । सबै पार्टिले आफ्ना भातृ संगठन खोलेका छन् ।

सरकारमा नजाँदा सम्म शिक्षकलाई राजनीतिक जिम्मेवारी दिन्छन् । कार्यक्षेत्रमा खटाउँछन् । जब सरकारमा जान्छन्, मन्त्री पाउँछन् तिनै शिक्षकलाई राजनीति गरेर विद्यालय विगारे भनी आलोचना गर्छन् । आफैले राजनीतिमा लाग्न उक्साएको आफै कार्वाहि गर्छु भनेर कुर्लिएको देख्दा उदेक लाग्छ ।

यसकारण विद्यालय विगार्न सरकार मुख्य दोषी छ । शिक्षकले राजनीति नगरेको कसले थाहपाएको छैन ? एउटा शिक्षकलाई जिवन निर्वाह गर्न सक्ने तलव दिएको छैन । उसले बच्चा पढाउने र आफ्नो गुजारा चल्ने तलव उपलब्ध पाउनुपर्छ । ताकि शिक्षकले अर्को पेशा सोच्नु नपरोस् ।

त्यसपछि पुरै समय र ध्यान नलगाउने शिक्षकहरुलाई हटाईदिनुपर्छ ।
व्यरोजगारहरु प्रशस्तै छन् । यति तलवमा जागीर खान आउनेहरु शिक्षक सेवा आयोगमा लाईन बसेका छन् ।

यसतो वस्तुगत अवस्था रहेको बेला शिक्षकहरु कर्तव्य च्युत हुन मिल्दैन । सामुदायिक विद्यालयको क्षमता र प्रगतिलाई हरेक बर्ष निजि विद्यालयले टक्कर दिन्छन् । सरकारी जागिरमा पसेका क्षमताबान शिक्षकहरुले आफ्नो क्षमतामा प्रश्न गर्दा झस्किनुपर्छ । खिसि टिउरी गर्दै आएको सुन्दा ग्लानी महशुस गर्नुपर्छ ।

पुर्वजहरु निवृत्त शिक्षक समाज गठन गरेर गुरु बन्न पाएको महान अबसरको समिक्षा गरीरहेका छन् । अहिलेका शिक्षकहरुले पनि पनि भावि पुस्ताले मेरो जिवन सफल बनाउने गुरु भनेको सुन्न आतुर हुनुपर्छ । पढाउन लाज मान्ने, आज निरीक्षक आउँछ कि? गल्ती भेटाउँछकि ? भनेर डराइ डराई विद्यालय पुग्ने चरीत्रले गुरुको दर्जा पाउन मुश्किल छ ।

कसैले प्रशंसा गरेको व्यक्तिको मात्र होईन सिंगो शिक्षक पेशाको हो । जिवनको उत्तरार्ध र जागिरको अन्तिम चरणमा अपमानित र अपहेलित हुन बाट जोगिनुपर्छ ।

अरुले खिसि टिउरी गरेको, चुरोटको खोलमा तोकलाएर जागिर खाएको छ भनेर घृणा र अपमान गरेको, पढाउन सक्दैन भनेर मानमर्दन गरेको, यसले त केहि जान्दैन भनेर हेलाँ गरेको, अन्तै घुमेर विद्यालयको तलव खाएको छ भनेर आलोचना गरेकोलाई शिक्षकहरुले कुनै पनि हालतमा समान्य ठान्नुहुन्न ।

कसैको क्षमतामा प्रश्न उठाउनु गम्भिर सवाल हो । त्यो पनि सहेर बस्ने लाचारी पना भनेको साँच्चै घृणा गर्न लाएक हुन्छ । त्यो अपमान बाट शिक्षकहरु जोगिउँन् ।

मेरो बच्चा के गरीरहेको छ भन्ने हरेक अभिवावकले ख्याल राख्नुपर्छ । नार्कोनान नेपालका प्रदेश संयोजक वसन्त पुन भन्नुहुन्छ बच्चाले अनुहारतिर हेरेन, राति ढिला सम्म बस्यो, विहान ढिलो समम उठेन भने सोच्नुपर्छ पक्कैपनि वच्चा कुनै कुलतमा फस्यो । यसो त शिक्षकले पनि बुझ्नपर्छ बच्चाको पढाईमा उत्साह छ कि छैन । हिजोको भन्दा आज कति फरक छ ? उसको परिवर्तन अभिवावकलाई जानकारी गराउनुपर्छ ।

बच्चा बिग्रीदैन । सबै अभिवावनकको फोन नम्बर सहितको विवरण तयारी हालतमा राख्नुपर्छ । केहि सरकारी विद्यालयहरु यसरी सुचना दिँदैनन् ।

सफल बनेका विद्यालहरु भने सबै विधि पुरा गरेका छन् । वालविकासका राजेन्द्रकुमार श्रेष्ठ, माध्यामिक विद्यालय रझेनाका उद्यव न्यौपाने लागाएत पच्छिल्लो चरणमा तिब्र प्रगति गरेका प्रधानाध्यापकहरु यसका उदाहरण हुन् । पशिलो सर्त विद्यालय समयमा गेटभित्रै थुनिनुपर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्