४ बर्ष देखि विद्यालय व्यवस्थापन समिती गठन विहीन



शहबाज खान,कपिलवस्तु।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं।३अन्तरगत पर्ने श्री महेन्द्र माध्यमिक विद्यालय को ४ बर्ष देखि विद्यालय व्यवस्थापन समिती गठन नहुदा विद्यालय को काम कार्यवाही हरुमा प्रत्यक्ष असर परेको देखिन्छ साथै यति लामो समय सम्म समिती गठन गर्न नसक्नु विद्यालय प्रशासनको चरम लपरवाहि र विद्यालयमा राजनितिकरण हाबी रहेको स्थानिए ले गुनासो पोखेका छन्।
पछिल्लो समयमा जिल्ला समन्वय समिती का सदस्य प्रमीला मल्ल वि।नी।राम करन पाल,श्रोत व्यक्ति अर्जुन विश्वकर्मा स्थानिए समाज सेवी अकरम पठान लगायत को टोली ले अनुगमन गरेको बेला चाडै विद्यालय व्यवस्थापन समिती गठन हुने प्रतिव्द्धता उक्त विद्यालय का प्र।अ।अनिल श्रीवास्तव ले गर्नु भएको थियो।
उक्त विद्यालयका व्यवस्थापन समिती गठन गर्नु पर्ने बिषयमा छलफल र मिती तोक्ना का लागि माघ १३गते विद्यालयले सबै अभिभावक लाई पत्र काटि भेला बोलाएका थिए तर माघ १० गते नगरप्रमुख को आदेशमा सूचना प्रकाशित गरि अर्को निर्णय न आए सम्मा भेला स्थगित गरेका थिए।
त्यो सूचनाको बारेमा अभिभावक लाई कुनै खबर न भई तोकेको समयानुसार विद्यालयमा पुग्दा स्थागितको बारेमा जानकारी हुदा उपस्थित अभिभावकहरु कृष्णनगर नगयपालिका अगाडी प्र।अ।विरुद्ध अक्रोषित हुदै नाराबाजी समेत गरेको छन्।
र उक्त विद्यालय लापरवाहि धेरै रहेको र राजनितीकरण हाबी रहेको कुरा अभिभावक हरु को गुनासो रहेको छ।साथै ४ वर्ष सम्म विद्यालय व्यवस्थापन समिती गठन नहुनु म जिम्मेवार को भन्ने प्रशन चिन्ह खडा भएको देखिन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्