शक्तिशाली आँधीका कारण चारको मृत्यु , १९५ घाइते



हवाना, क्युवा । क्युवाको राजधानी हवानामा शक्तिशाली आँधीका कारण चार जनाको मृत्यु भएको छ ।

आइतबार राति आएको शक्तिशाली आँधी टोरनेडोबाट कम्तिमा १९५ जना घाइते भएको समाचार अन्तराष्ट्रिय समाचार संस्था सिएनएनले उल्लेख गरेको छ ।

आँधीका कारण हवानाका कैयौँ नगरहरूमा विद्युत आपुर्ति अवरूद्ध भएको छ भने कैयौँ भौतिक संरचनामा क्षति पुगेका हवानाबाट प्राप्त समाचारमा जनाइएको छ ।

आँधीबाट भएको क्षतीको जानकारी लिन क्यूवाका राष्ट्रपति राष्ट्रपति मिगुएल दायज क्यानेल घटनास्थल पुगेर क्षतीको जानकारी लिएका छन् । आँधीले पुर्याएको क्षतीको बारेमा प्रतिक्रिया दिदै उनले आफ्नो ट्वीटरमा भनेका छन् – आँधीले पुर्याएको क्षती निकै डरलाग्दो छ ।

व्यापक बर्षासाथ आएको आँधी प्रतिघण्टा १०० किलोमिटरको गतिमा आएको स्थानीय मौसम विज्ञान कार्यालयले जनाएको छ ।

क्युवामा आँधीबाट हरेक बर्ष दर्जनौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् । सन् १९४० को डिसेम्बरमा पश्चिमी शहर वेजुकालमा आएको आँधीलाई क्युवाको इतिहासमा सबैभन्दा प्रलयकारी मानिने गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्