किन टुट्छ कसैको प्रेम सम्बन्ध ?



 सम्बन्ध नतोड्ने भनेरै पनि महिला र पुरुष विवाह बन्धनमा बाँधिने गर्दछन् । तर समयसँगै हामी परिवर्तन हुन्छौँ र हाम्रो सम्बन्ध पनि । सम्बन्ध स्थिर नै हुँदैन । परिवर्तनलाई आत्मसात गर्नसके मात्र मानिसहरुको सम्बन्ध सुमधुर हुने गर्दछ । यदि यसलाई नबुझेमा पुरै सम्बन्ध नै टुट्न सक्छ ।

विवाह केवल दुई व्यक्तिसँग जीवन बिताउने मात्र नभई एक अर्काबिच सुमधुर सम्बन्ध बाँध्ने मौका पनि हो । तर आजकाल वैवाहिक बन्धनको उमेर कम भइरहेको छ र सम्बन्ध बिच्छेदको घटनाहरु निकै सार्वजनिक भइरहेका छन् ।

यसको पछाडि केहि ठोस् कारणहरु पनि रहेका छन् । जसरी समयसँगै व्यक्तित्वमा परिवर्तन आउने गर्दछ त्यस्तै गरि हाम्रो इच्छामा पनि परिवर्तन आउने भएका कारण हामी एक अर्काप्रति प्रेमको अभिव्यक्तिमा पनि परिवर्तन पाउने गर्दछौँ ।

 

हरेक वैवाहिक जीवनमा एकआपसमा झगडा हुने नै गर्दछ तर झगडाले सम्बन्धमा के असर पार्छ भन्दा पनि झगडाले के कुरा सिकाउँछ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

समयसँगै बदल्ने गर्दछ प्रेम तर जब हामी प्रेममा पर्दछौँ त्यतिबेला त्यसलाई जीवनभरिको सुनिश्चितता मान्ने गर्दछौँ र यसलाई हामीले जीवनभरिको सुख र प्रशन्नताको ग्यारेन्टीको रुपमा लिने गर्दछौँ । हामी यस्तै भ्रमका कारण दुखी हुन्छौँ तर आफू दुखी भएकोमा अरुलाई दोषारोपण गर्ने गर्दछौँ । समय परिवर्तशील छ भन्ने उक्तीलाई आत्मसात गर्न नसकेका कारण धेरैजसो मानिसहरु दुःखी हुने गर्दछन् जसले प्रेम सम्बन्ध टुट्ने गर्दछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्