लोक गीतमा धेरै अवार्ड पाउने गणेशको नयाँ एल्बम चाँडै बजारमा



दीपक श्रेष्ठ,
काठमाडौं । मोनटेरोसा ट्रेकिङ्ग एण्ड एक्स्पिडिसन प्रालि का सञ्चालक जसले बर्षेनी सयौं पर्यटकहरुलाई तिब्त स्थित मानसरोबर र माउण्ट कैलाशको भ्रमण गराउदै आएका पर्यटन ब्यवसायी गणेश न्यौपाने आफूलाई पर्यटन ब्यवसायी भन्दा पनि लोक गायक भन्न रुचाउँछन् ।

४ वटा इमेज अवार्ड हात पार्न सफल लोक गायक तथा सकलक गणेश न्यौपाने पेशाले पर्यटन ब्यवसायी भए पनि लोक गीत गायन तिर धेरै नै झुकाव भएको गायक गणेश न्यौपानेको भनाइ छ । गाउँ–समाजका मौलिक भाका टिपेर गाउने गरेका छन् गणेश न्यौपाने । यी यस्तै माजका गतिविधिलाई लोक गीत भन्न पछि पर्दैनन् उनी । गायक गणेश न्यौपानेको शब्द तथा लय संकलन पनि हुन् ।

धनकुटामा जन्मिएका उनी मेलापात, दाउरा–घाँस गर्दा गाइने मौलिक शब्दलाई टिपेर लोक गीत बनाउदै आएका छन् ।‘झुमके–सल फिरिरी’बाट गायनमा देखिएका उनले ‘धनकुटा डाँडाबजार’को गीतबाट भने चर्चा पाएका थिए । त्यस्तै उनको थुप्रै पूर्वेली लोक गायक बीच अलग्गै पहिचान छ । थुप्रै पूवेली लोक भाका गाएर उनले यो परिचय बनाएका हुन् । उनका ‘लै लैमा कान्छी’, कन्चन जङघाशिर ‘ढाकाटोपी शिरैमा’, ‘हेरन कान्छी हेरन’, ‘धनकुटा भोजपुर’ जस्ता गीतहरु अहिले पनि संचार माध्यममा घन्किने गर्दछ ।‘ मलाई शब्द तथा लय संकलनमा जान समय चाहिँदैन’, गीत लेख्न पनि त्यस्तै हो’ उनले सुनाए ‘जति बेला फुर्छ, त्यति बेला लेख्छु ।’

१० औं इमेज टुबोर्ग एवार्ड २०६५ उनलाई गीत संगीतले दिलाएको पहिलो अवार्ड हो । त्यस पछि गायनका कारणले थुप्रै पुरस्कार र अवार्ड समेत थापेका छन् उनले । अवार्डले गायनमा लाग्न थप उर्जा दियो’ उनले भन्ने । १२ औं इमेज टुर्बोग अर्वाड सर्बोत्कृष्ट गीत अवार्ड उचाल्न सफल उनी १३औं इमेज अवार्डबाट पनि यहि बिधामा बिजेता बने । २०७० सालमा धनकुटा भोजपुर एल्बम बजारमा ल्याएका उनले यो एल्बमको शीर्ष भाकाको गीतबाट १५औं इमेज समेत हात पारे ।लोक गीतका एल्बम निकाल्न म्युजिक कम्पनी आवश्यक हुन्छ ।

सुरुमा एल्बम निकाल्न दुःख पाएका उनले २०६७ सालमा आफ्नै कम्पनी हिमालीक्रियसन खोलेका छन् । त्यही मार्फत एल्बम निकालिरहेका उनले नयाँ एल्बम चाँडै बजारमा आउने बताएका छन् । गायक गणेश न्यौपानेलाई नयाँ एल्बमको लागि हाम्रो तर्फबाट अग्रिम शुभकामना ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्