बालिका बलात्कारको आरोपमा २ जना पक्राउ



सिरहामा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन्। धनगढीमाई नगरपालिका –१३ भोरलेनी बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका बस्ने खजनपुरका २४ वर्षीय श्रीराम यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

चन्डेरा जंगलमा दाउरा टिप्न गएको अवस्थामा बालिकालाई ७ गते मंगलबार साँझ जबरजस्ती करणी गरी भागेको आरोपमा यादवलाई इलाका प्रहरी कार्यालय सिरहाको टोलीले पक्राउ गरेको हो।

त्यसै गरी सिरहा गोलबजार नगरपालिका वडा नम्बर १०, घुर्मिघाट बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका बस्ने २१ वर्षीय दीपक राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचना का आधारमा इलाका प्रहरी कार्यालय सिरहाको गोलबजारबाट खटिएको टोलीले राईलाई पक्राउ गरेको हो।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्