युग सुहाँउदो शिक्षा प्रदान गरौ – पूर्व अध्यक्ष शर्मा



दाङ । प्रेस काउन्सीलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिनुपर्ने बताउँनु भएको छ । घोराही उप–महानगरपालिका वडा नं. १४ स्थित मावि शुभप्रभातमा आयोजित प्रद्यानध्यापक विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधी विच आयोजित शैक्षिक विमर्श एवं विद्यालयमा लागु औषध विरुद्ध आयोजित गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउँनु भएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका शर्माले शिक्षाले हाम्रो समाजमा कसरी परिवर्तन ल्याउँछ भन्ने कुरा आज मुख्यको आबश्यकता रहेको वताउँदै ईमान्दारिता पुर्वक शिक्षकले पढाई सबै समस्या हल हुने वताउँनुभयो ।

शिक्षा अराजकता तर्फ उन्मुख भएको वताउँदै अरुको नक्कल गर्ने परिपाटीको विकास हुदै हाम्रा सबै धरोहर सबै गुम्ने अबस्था आएको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष शक्तिराम डाँगीले मैले कस्तो शिक्षा दिनुपर्छ भन्नेमा शिक्षक आफै गम्भिर बन्नुपर्ने बताउँनुभयो । समाज परिर्वतनको मुख्य थलो विद्यालय भएको वताउँदै उनीहरुको गुणस्तरिय शिक्षाका लागि सबैले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । पाँच नं. प्रदेशका नार्कुनका उपाध्यक्ष बसन्त पुनले दाङका लागु औषध प्रयोगकर्ताको संख्या दैनिक थपिने क्रम बढेको वताउँनुभयो । अधिकासं विद्यालयका बालबालिका लागु औषध दुर्वेशनीमा फसेको वताउँनुभयो । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रम घोराही –उप महानगरपालिका शिक्षा शाखा संयोजक भरत अ¥र्याल लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन विद्यालयका प्रअ रुद« बुढाले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्