ट्वीटरका सहसंस्थापक इभानद्वारा राजीनामा



क्यालिफोर्निया। सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिएका छन् । उनले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताएका छन्।

हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहेका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

विलियम्सले सन् २०११ मा ट्वीटर छाडेपनि अद्यापी कार्यसमितिका सदस्य थिए । सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरेका थिए ।

कम्पनी छाड्ने घोषणासम्बन्धी ट्वीटमा विलियम्सले ट्वीटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्