हुवावेले ल्यायो ३ लाख मूल्य पर्ने स्मार्टफोन, यस्ता छन् विशेषता



बार्सिलोना। हुवावेले आइतबार आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फाइभजी स्मार्टफोन ‘मेट एक्स’ जन्च गरेको छ । यसको मूल्य २६०० डलर ९२ लाख ९५ हजार नेपाली रुपैयाँ० तोकिएको छ । यो आइफोन र सामसङ ग्यालेक्सी फोल्ड भन्दा पनि धेरै मूल्य हो । सामसङले गएको बुधबार मात्र आफ्नो पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन ग्यालेक्सी फोल्ड लन्च गरेको थियो । यसको मूल्य १९८० डलर ९२ लाख २५ हजार नेपाली रुपैयाँ० तोकिएको छ ।

हुवावेको मेट एक्समा फ्लेक्सिबल ओएलइडी स्क्रिन छ । यसमा हुवावेको किरिन ९८० प्रोसेसर र बलोंग ५००० चिपसेट जडान गरिको छ । कम्पनीका अनुसार सुपरफास्ट चिपसेट भएका कारण प्रयोगकर्ताले ३ सेकेण्डमा १ जीबीको भिडियो डाउनलोड गर्न सक्नेछन् । हुवावेको मेट एक्स यो वर्षको मध्यसम्ममा बजारमा उपलब्ध हुनेछ । ६।६ इन्चको यो फोन खुलेपछि ८ इन्चको ट्याब्लेटमा बदलिनेछ । यो फोनमा स्क्रिन फोल्ड हुँदा र नहुँदा दुवै अवस्थामा चलाउन सकिन्छ । फोल्ड गर्दा यो फोन सामसङको ग्यालेक्सी फोल्ड भन्दा पातलो छ ।

यो फोनमा १।८ गिगाहर्जको अक्टाकोर प्रोससर जडान गरिएको छ । ८ जीबीको र्याम भएको यो फोनमा ५१२ जीबीको स्टोरेज क्षमता छ । यो फोनमा थप २५६ जीबीको मेमोरी कार्डमार्फत बढाउन सकिन्छ ।

४५०० एमएएचको ब्याट्री जडान गरिएको फोनमा ४०, १४ र ८ मेगापिक्सेलका तीन क्यामेरा जडान गरिएका छन् । यी क्यामेरालाई फोल्ड गर्दा र नगरेको अवस्थामा गरी फ्रन्ट र रियर दुवै तरिकाले प्रयोग गर्न सकिन्छ ।हुवावेले मेट एक्स कुन कुन देशमा उपलब्ध हुनेछ भन्नेबारे केही बताएको छैन । उसले यो फोन अमेरिकामा बिक्री गर्न सम्भव हुन्छ वा हुँदैन भन्नेबारे पनि केही बताएको छेन । अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको छ । अमेरिकाले हुवावेका उपकरणमाथि जासुसीको आशंका गरेको छ ।

हुवावे संसारको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्माता कम्पनी हो । यो फाइभजी नेटवर्क बनाउन पनि निकै अगाडि छ । अमेरिकासमेत कैयौं देशले कडाइ गर्दा पनि हुवावेको बिक्रीमा कुनै असर परेको छैन । २०१८ मा बिक्रीमा कम्पनीले ५२ अर्ब डलरको किर्तिमानी आम्दानी गरेको छ । यो २०१७ को तुलनामा ५० प्रतिशत बढी हो । यसका प्रिमियर स्मार्टफोनको माग निकै बढी छ ।

हुवावे गतवर्ष एप्पललाई उछिन्दै संसारको दोस्रो ठूलो स्मार्टफोन कम्पनी बनेको थियो । पहिलो स्थानमा सामसङ छ । चीनको अर्थतन्त्रमा गिरावट आउँदा पनि २०१८ को अक्टोबर–डिसेम्बरको त्रैमासिकमा हुवावेको बिक्री २३ प्रतिशत बढेको थियो । यो समयमा एप्पलको बिक्रीमा २० प्रतिशत गिरावट आएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्