जामिया सिराजुलवलुम अलसल्फीया विद्यालय लाई मुस्लिम विश्वविद्यालयका रूपमा स्थापना गर्न पहल



अजय मिश्र ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं।३जामिया सिराजुलवलुम अलसल्फीया को सभा हाल मा एकिकृत अखिल नेपाल शिक्षक संगठन कपिलवस्तु को विस्तारित बैठक सोहि संगठन का अध्यक्ष लाल चन्द पाण्डेय को अध्यक्षता मा र उक्त संगठनका प्रदेश सदस्य डा।अब्दुलगनी अलकुफी को प्रमुख अतिथ्यता मा बसेको बैठक बाट संगठन को सदस्यता चैत्र मसन्त सम्म नविकरण गर्नु पर्ने र उक्त नविकरण का लागि विभिन्न नगरपालिका र गाउपालिका मा जिम्मेवारी वाडफाड गरिएको छ।

सुवास कोहार लाई जिल्ला कार्य समिती को जिम्मेवारी समेत दिएको र जि।शि।महासंघ सह अध्यक्ष पदमा संगठन को कोषाध्यक्ष भोजराज अचार्य र सदस्य पदमा रहेका शिवप्रसाद अधिकारी लाइ शिक्षक महासंघ को सदस्य पदमा पठाइने साथै कृष्णनगर नगरपालिका वडा नं।३मा अवस्थित जामिया सिराजुलवलुम अलसल्फीया विद्यालय लाइ मुस्लिम विश्वविद्यालय स्थापना गर्न उक्त संगठन बाट आवश्यक सहयोग गर्ने जस्ता निर्णय हरु गरिएको उक्त संगठन का प्रदेश सदस्य मौलाना मसहूद खा नेपाली ले जानकारी दिनु भयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्