सरु सुनारले सडकमा उठाएको मुद्दाले सडक देखि सदन नै तात्यो ,कोमल वोलीले सदनमै मागिन सिङ्गो दलित समुदायसित माफी ।



सरु सुनारले सडकमा उठाएको मुद्दाले सडक देखि सदन नै तात्यो ,कोमल वोलीले सदनमै मागिन सिङ्गो दलित समुदायसित माफी ।। एउटा् ब्यक्ती , एउटा साधरण नारीले उठाएको मुद्दा सडक देखि सदन तात्यो। सिङ्गो दलित समुदायको आत्मसंमानमा चोट पुग्ने गरि कान्तिपुर टेलिभिजनमा माननीय सासद कोमल वोलिले ” मरे पछि डुमै राजा ” जस्तो उखान बोलेर दलित समुदाय माथी अपमान र खिल्ली उडाउनु भो ।

सामाजिक संजालमा सबैभन्दा पहिला यो बिसय मैले नै उठाएकी थिए । जब मैले यो मुद्दा उठाए दक्षिण कोरियाबाट कारवहिको माग गर्दै प्रेस बिज्ञप्ति आयो , विभिन्न देशहरुबाट दाजुभाइ दिदिबहिनीहरुले बिरोध गर्नु भो । नेपालमा त्रिभुवन बिश्वबिधालय दलित विद्यार्थी युनियनले पनि बिज्ञप्ति निकाली कारवाहीको माग गरे , दलित समुदायका अधिबक्ताहरुले पनि वोलिले बोलेको बोलिलाइ कानुन सम्बत ३ बर्ष जेल हुने प्राबधानलाई प्रस्ट पारे । तर जति दलित आन्दोलन उठनु पर्नी थियोे , जति यो मुद्दा सिङ्गो दलित आन्दोलनको मुद्दा बन्नु पर्ने थियोे त्यो बन्न सकेन यो असाध्यै दुखद कुरा हो ।

माननीयज्युले बोलेको कुरा दलित समुदायबाट प्रतिनिधित्व गर्ने दलित सांसदज्युहरुले यो मुद्दा उठाउने हिम्मत गर्नु भएन मुस्किलले एक जना सासद रामपृत पास्वानले सदनमा उठाउनु भो वहाँलाई विशेष धन्यवाद । तर नेपालको दलित आन्दोलनको अगुवा या दलित आन्दोलन हाम्रो हो हामी नै गरेम भन्निहरु चुइक्क बोल्नु भएन मेरो अफिसमा ३,४ पटक मिटिङ राखे सूचना पठाए तर कोहि आउनु भएन मेरो फोन समेत उठाउनु भएन । माननीयज्युहरुलाइ बिन्ती गरेकी थिए तर वहाँहरुले सदनमा उठाइदिनु भएन । सायद एउटा सरु सुनारले माननीयज्युहरुलाइ सदनमा कुरा उठाइदिनुस भन्न पर्नी अबस्था देख्दा सारै नै दुख लागेको छ । सामाजिक संजालमा देख्नु भएको थियोे मैले सूचना दिनु पर्ने थियोे जस्तो लाग्दैन तर कोहि बोल्नु भएन ।

एउटा सरु सुनारले सडकबाट आवज उठाउदा माननीय ज्युले सामाजिक संजालमा बिज्ञप्ति निकाली माफी माग्नु भो त्यतिले मात्र बिरोध हाम्रो नरोकिए पछि हिजो सदन मै माफी माग्नु भो । यदि सिङ्गो दलित आन्दोलन एक जुट भएको भए एउटै आवज र माग गरेको भए अनि सदनमा दलित समुदायबाट प्रतिनिधित्व गर्ने दलित सासदज्युले सदनमा कारवहीको माग गरेको भए कस्तो कारवही हुन्थ्यो होला ? यहाँ दलितका अगुवाज्युहरु नबोले कै हो र दलित सासदहरु मुखमा पट्टी लगाएर बसेकै हो ।

 

तर एउटा सरु सुनारले उठाएको मुद्दालाई साथ दिने प्रवासमा रहनी दाजुभाइहरुले धेरै साथ दिनु भो तर स्वदेशमा रहनी २,४ जना बाहेक कसैको साथ पाइएन । यति भनिरहदा लाग्न सक्छ के नेपालको दलित आन्दोलन सुस्ताएकै हो त ? यो कदापि होईन जुन धारले जुन सोचले अगाडि बढेको दलित आन्दोलन अब फरक तरिकाबाट यो देशका स्वतन्त्र , निस्पक्ष र जातीय बिभेदबाट प्रताडित युवा-युबतीहरु अब जुरमुराउदै छन् , र कसैले पनि रोक्न सक्दैन , त्यसैको परिणाम हो कि एउटा साधरण नारीले मागेको कारवाहीको माग सदनसम्म पुग्यो र अन्तत माननीयज्युले माफी माग्नु भो यो सिङ्गो लागि ठूलो जित र राहत र न्याय पाइयो भन्नेमा हामी पट्क्कै छैनौ तर पनि वहाले आफ्नो गल्तिको प्रायस्चित गर्नु , र क्षमा माग्नु त्यही पनि सदनमा यो चानचुने कुरै होईन तर हाम्रो एकता र एउटा आवज भएको भए घटनाले फरक मोड पक्कै लिने थियोे ।

माननिय कोमल वोलीज्युलाइ धन्यवाद पक्कै पनि अब यो घटनाले बोल्ने क्रममा सदियौ देखि बिभेद र अपमान भोग्दै आएका समुदायलाई लक्षित र अपमान हुने यस्ता पुराना र प्रचलित उखान , टुका , थेगो र सब्दहरु अब आगामी दिनमा बोल्नु हुँदैन र यो गरिमामय जिम्मेवारीमा रहनु भएको छ अगामी दिनमा दलित समुदाय माथिको ज्यादती रोक्न र न्यायको लागि वहाँ स्वयम् लाग्नु हुनेछ । दलित समुदायको हक हितको लागि केही काम र पहल गर्नु भो भन्ने सुन्न पाइयोस् र सामाजिक संजालमा गालि र अपसब्द कसैले नबोल्न मेरो अनुरोध छ ।

दलित माननीय सांसदज्युहरु तपाईंहरु सरकारको प्रतिनिधित्व गर्दा पनि अझै पनि दास मानसिकता र प्रतिकार गर्न नसक्ने डर पदिय लालचबाट माथी उठि समुदायको मुद्दा आफ्नो लागि पहिलो जिम्मेवारी सम्झनु हुनेछ सुभकामना !!

दलित समुदायबाट प्रतिनिधित्व गर्ने माननीय सांसद रामपृत पास्वनलाई धेरै धन्यवाद । वहाँ मात्र एक्लो सदन मै मरे पछि डुमै राजा भन्ने माननीय वोलीको विरुद्ध कारवाहीको माग गर्नु भएको थियोे । सिङ्गो दलित आन्दोलनका अगुवा र बुद्धिजीवीज्युहरु पनि केहि बदलिनुस हेर्न चाह्न्छौ हामी , अन्त्यमा मलाई सासदज्युहरुले सरु जि तपाईंले गर्दा आज माननिय कोमल वोलीले माफी माग्नु भो भनी फोन गरि बधाई दिनु भो यहाहरुलाइ के भन्न चाहन्छु भने मैले उठाएको मुद्दालाई देश बिदेशबाट साथ समर्थन दिनु भयो यो मुद्दा सडकमा उठि सदनमा पुग्नुमा सरु सुनारको मात्र हात होईन तपाईंहरु सबैको उतिकै साथ र सहयोग छ त्यसैले यो अर्थमा हामी केही हदसम्म सफल भएका छौ ।

तर सन्तुष्टि र न्याय पाइयो भन्ने महसुस भने हामी अझै गर्न सकेका छैनम् / यो घटनाबाट सबैले सिक्ने र समीक्षा र मुल्यांकन गर्ने बेला भएको छ । सबैमा विशेष धन्यवाद ।।

सरु सुनार , सन्चारकर्मी तथा दलित अधिकारकर्मी ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्