पर्वतको बिहादी गाउँपालिका बाट २४५ जनाले एसईई दिदै ।



अमृत भट्टराई ,पर्वत । चैत १० बाट सुरु एसईई परीक्षामा देशभर बाट ४ लाख ७५ हजार ३ विद्यार्थी सहभागी भएका छन् । यस्तै पर्वत जिल्लाको बिहादी गाउँपालिकामा पनि शान्तिपूर्ण तरिकाले एसइई सञ्चालन भइ रहेको बिहादी गाउँपालीका शिक्षा प्रमुख कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो । बिहादीमा दुई वटा केन्द्र बनाएर एसईई सञ्चालन गरेको आचार्यले बताए यदि एसईई दिने क्रममा कुनै विद्यार्थी बिमारी भएमा ,महिनावारी भएर नसकेमा उसलाई छुट्टै खालको व्यवस्था गर्ने बताए ।

बिहादी गाउँपालिका वडा नम्बर ५ वहाकी मावि बाट सञ्चालन भएको एसईईमा सगरमाथा मावि तलातुम बाट १२ जना, सालिग्राम मावि सेदिवेणी बाट ६३ जना , लक्ष्मी भवन लिङ्गसिङ बाट १४ जना , चन्दमावि उरामपोखरा बाट ३५ जना गरि चार विद्यालय बाट १२३ जना मा एक जना विद्यार्थी अनुपस्थित र अन्य विद्यार्थीले एसईई परिक्षा दिएको केन्द्र अध्यक्ष वाहकी का प्रमुख जुक्त बहादुर विश्वकर्म ले जानकारी दिनुभयो ।

बिहादी गाउँपालीका वडा ६ मा रहेको शालिग्राम मावि बाट सञ्चालन भएको एसईईमा बिहादी गाउँपालिका बर्राचौर मा रहेको आम्बारी माध्यमिक विद्यालय बाट ३७ जना ,वहाकी माध्यमिक विद्यालयबाट २९ जना ,रानीपानी मा रहेको नेपाल तारा मावि बाट ५६ जना गरी १२२ जनाले एसईई दिएका थिए जसमा अाम्बारी माध्यमिक विद्यालय र नेपाल तारा मावि बाट गरि दुई जना विद्यार्थी अनुपस्थित रहेको शालिग्राम मावि परिक्षा केन्द्र अध्यक्ष जोख बहादुर सोनी ले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्