रोकिएको एसईई परीक्षा आजदेखि सुरु



काठमाडौं । प्रदेश २ मा परीक्षा अगाबै प्रश्नपत्र आउट पछि स्थगीत भएको माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि शुरु भएको छ। चैत्र १० देखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईई अन्तर्गत चौथो दिन विज्ञान विषय र पाचौं दिन सामाजिक विषयको पनि प्रशनपत्र बाहिरिएपछि स्थगन गरिएको थियो। चौथो दिन रद्द भएको विज्ञान विषयको परीक्षा आज चैत्र २२ गतेका लागि तोकिएको थियो भने बाँकी विषयको परीक्षा भने २३ गतेबाट गर्ने परीक्षा बोर्डले निर्णय गरेको थियो। आज बिहान ८ बजेदेखि विज्ञान विषयको परीक्षा भइरहेको छ। शनिबार सामाजिक, आइतबारदेखि ऐच्छिक विषयका परीक्षा हुनेछन्। चैत्र २९ गते परीक्षा सम्पन हुनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्